कोशी घटनाको राजनीतिक मक्सद तिहारपछि
केदार भट्टराई (काका)
असोज २९, २०८० सोमबार १३:६:५३
२९ असोज, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यतिबेला राजनीतिक चर्चाको शिखरमा छन् । दलका कोठे बैठकदेखि चोक, चिया पसलमा यही चर्चा छ । कोशी घटनाले सत्ता गठबन्धनमा कस्तो प्रभाव पार्छ भन्ने देखि कांग्रेसमा कुन तहको कलह निम्त्याउँछ भन्नेसम्मका चर्चा हुन्छन् चोकमा । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सोमबार गठबन्धन बदल्ने सोच नेताहरूमा हो भने यसलाई संयमता अपनाएर सल्लाहमा गरौँ भनेका छन् ।
शनिबार बिहान तीन नेता, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता डा. शेखर कोइरालाबीच एउटा सानो कागजमा गठबन्धनबारे लिखित सहमति भएको छ । हेर्दा सानो टुक्रामा गरिएको यो सहमतिलाई राजनीतिक विश्लेषकहरुले भने ठूलो राजनीतिक अस्त्रका रुपमा लिएका छन् । यो सहमतिले तीन नेताको समान हैसियत देखाएको छ भने सत्ता गठबन्धनमा शेखर कोइरालाको प्रवेश भएको छ । यसले कुनैपनि निर्णयमा देउवा र प्रचण्ड सँगसँगै अब शेखरको पनि उपस्थिति अनिवार्य गरेको छ, सत्ता गठबन्धनको हकमा ।
शेखरको सहमतिबिना गठबन्धनमा कुनै निर्णय भए त्यो निर्णय मान्दिन भन्ने हक शेखरले राखेका छन् । यसले पनि गठबन्धनको आगामी भविष्यमा आंकलन गर्न सकिन्छ । गठबन्धन फुटाउने एमालेको मक्सद पनि यो परिस्थितिमा सामेल हुनसक्ने सम्भावना विश्लेषकहरु देख्छन् । गिरिजाप्रसाद कोइरालासँग लामो समय बिताएर हराएका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य आइतबार एकएक कोशीका मुख्यमन्त्री केदार कार्कीसँग बालकोटमा देखिए । छोटो समय ओलीको अनुहार पढ्न भ्याएका आचार्यले नेपालबहससँग भने, यी सबै कुराको विश्लेषण तिहारपछि गर्नुपर्छ ।
उनले कोशी घटना राजनीतिक रुपले भन्दा समयको माग जस्तो भएकाले यसलाई ठूलो आकारको बनाउन अहिले आवश्यक नभएको बताए । पार्टी सभापति शेरबहादुर देउवाले समेत कोशीका मुख्यमन्त्री कार्कीलाई सबैलाई परिस्थिति अनुसार मिलाएर सरकार बनाउनु मेरो सहयोग रहन्छ भनेपछि अरूले पार्टीभित्र जे धारणा राखेपनि असर नपर्ने उनले बताए । कोशीमा शेखर कोइराला जसरी अडिक भएर उभिए अब पनि उनले पार्टी नेतृत्वसँग भएका सहमतिमा अडिक हुनुपर्छ । कोशीमा कार्की मुख्यमन्त्री भएपछि जसरी तीन नेता बसेर सहमति गरेका छन, यसले शेखरलाई अझै जिम्मेवारी बहन गर्नुपर्ने स्थितिमा पुर्याएको छ, आचार्यले भने ।
हुन त कोशी घटनामा कांग्रेस र गठबन्धनको राजनीतिलाई नजिकबाट नियालेकाहरूले पनि सम्भावित परिदृश्यबारे अझै तस्विर प्रस्ट भइ नसकेको बताएका छन् । गठबन्धन, कांग्रेसको आन्तरिक राजनीति र इतर समूहसँगको सहमति कोशीका मुख्यमन्त्रीले अख्तियार गर्ने रणनीतिमा भर पर्ने उनीहरूको बुझाइछ । माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धन कायम राख्ने लिखित सहमति सार्वजनिक भएपछि कोशीको मन्त्रिपरिषद विस्तारसम्मले केही शंका भने अझै बाँकी देखाएको छ ।
विश्लेषक आचार्यका अनुसार कोशीको परिस्थितिलाई त्यहीभित्र मात्र खेल्नु उचित हुनेछ । अहिले कोशीको सरकार गठबन्धनको हो कि विद्रोही कांग्रेस र एमालेको भन्नेतर्फ जानुभन्दा कोशीमा जसरी सहज हुन्छ उसैगरी सरकार बनाउन दिनुपर्छ । मुख्यमन्त्रीले चाहेमा सर्वदलीय सरकार पनि बनाउन सक्छन् । यही विषयलाई केन्द्रले धेरै धपेडी गर्न खोज्यो भने विग्रह आउन सक्छ । कोशीकै कारण अहिले भइरहेको केन्द्रीय सत्ता गठबन्धनमा असर पार्छ भन्ने छैन । अरू प्रदेशमा मिलेकै छ । कोशीमा मात्र एमाले सरकारमा सहभागी हुँदा गठबन्धन भत्कियो, अब केन्द्रमा पनि फेर्नुपर्छ भनेर लाग्नुपर्ने आवश्यकता छैन । यद्यपि कोशी विद्रोहको मक्सद स्थिर सरकारका लागि थियो कि थिएन भन्ने कुरा तिहारपछिको राजनीतिले देखाउँछ ।
कोशीमा विद्रोह गर्नेलाई कारवाही नै गर्नुपर्छ भनेर पार्टीकै हार्डलाइनमा देखिएका महामन्त्री विश्वप्रकाश शर्माले सोमबार नेता शेखर कोइरालाप्रति कटाक्ष गर्दै गठबन्धन फेर्ने भए सहमतिमा फेरौँ भनेका छन् । एउटै प्रदेश भएकाले नेता कोइराला र महामन्त्री शर्माबीच केही कुरा नमिल्ने अरू फ्याक्टर पनि छन् । महामन्त्री शर्माले कोशी प्रदेशको राजनीतिक घटनालाई डढेलो बन्न नदिन संयमता र परिपक्वता देखाउन आवश्यक ठानेकाले कोइराला र शर्माबीच यही विषयले पार्टीमा यो भन्दा बढी केही गर्ला भन्ने छैन ।
व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले आफ्नै समूहभित्र साझा मत खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्नँ, गठबन्धन फेर्ने हो भने सहमतिमा फेरौ, शर्माले भनेका छन । उनको शंका शेखरको एमालेसँग गठबन्धन गरेर जाने हो कि भन्ने खालको छ । शर्माले यो भनिरहँदा एमालेसँग गठबन्धन गर्ने कुरा कांग्रेसभन्दा एमालेले नै पहिला उठाएको थियो । यो हदसम्म जाने विषय कोशीको होइन भन्ने जमात यतिबेला कांग्रेसमा धेरै छ ।
विश्लेषक आचार्यका अनुसार यो कोशीको म्याटर कति तात्छ भन्ने कुरा मुख्यमन्त्री कार्कीले गर्ने व्यवहारले पनि देखाउने छ । कार्कीसँग केन्द्रको भन्दा फरक दवाव पनि छ । केन्द्रमा एमालेबाहेक सरकार छ भने कोशीमा एमालेसहितको छ । अहिले प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जानबाट प्रदेश जोगिएर राजनीतिक संकट टरेको छ । यो प्रदेश राजनीतिक रूपमा अरुभन्दा अस्थिर बनेको थियो । त्यसैले स्थिर सरकार सञ्चालन गरेर राजनीतिलाई स्थिर र गतिशील बनाउनु कार्कीको पहिलो दायित्व रहनेछ । अर्को आन्दोलनरत पहिचान पक्षधरलाई सम्मानजनक रूपमा पहिचानको प्रत्याभूति गराउन कार्कीले भूमिका खेल्नुपर्नेछ ।
कांग्रेस संस्थापन पक्षका नेताहरू भने तीन नेताबीच गठबन्धन जोगाउन सहमति भए पनि जटिलता कायममै रहेको बताउँछन् । कांग्रेस, गठबन्धन र मुख्यमन्त्री कार्कीका लागि अबको बाटो सहज नभएको उनीहरूको टिप्पणी छ । मध्यावधि अझै टरेको छैन । मध्यावधि रोक्नेसम्म कोइरालाको कदम स्वीकार्य भए पनि अगाडि उनले लिने रणनीतिमा भर पर्ने उनीहरू बताउँछन् । कांग्रेसले एमालेसँग गठबन्धन गरेको छैन । तर, कोशीमा कांग्रेसको विद्रोही र एमाले मिलेर सरकार बनेको छ । यसकारण कोशीले जटिलता निम्त्याउनेछ भन्ने धेरैको आशंका हो ।
एमालेले पहिलादेखि नै गठबन्धनमा बल्छी हाल्न खोजेकै थियो, कोशीमा सफल भएको छ । त्यसको प्रभाव अरू प्रदेश र केन्द्रमा थोर बहुत पर्छ भन्ने डर कांग्रेस र माओवादीमा छ । कांग्रेसकै कोइराला समूहले कोशीमा आवश्यकताका आधारमा एमालेसँग सहकार्य भएकाले अरू प्रदेश र राष्ट्रिय राजनीतिमा असर नपर्ने दाबी छ । शेखर–गगन समूहनिकट नेताको भनाइमा कोशीको अन्य प्रदेश र केन्द्रीय राजनीतिमा पर्ने–नपर्ने संस्थापनको भूमिकामा भर पर्ने हुन्छ । पार्टीमा पेलेर गएको परिणाम कोशीको विस्फोटन हो ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपभीम रावलको पक्षमा लागेको आरोपमा अछामका ६ जना नेतामाथि एमालेले गर्यो कारबाही
माघ १०, २०८१ बिहिबार
जिससका पदाधिकारीलाई राष्ट्रपतिले भने, जनता र विकासका पक्षमा काम गर्नुहोला
माघ १०, २०८१ बिहिबार
अखिल क्रान्तिकारीमा ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी, शनिबार मतदान
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
भीम रावलको पक्षमा लागेको आरोपमा अछामका ६ जना नेतामाथि एमालेले गर्यो कारबाही
माघ १०, २०८१ बिहिबार
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
माघ १०, २०८१ बिहिबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जिससका पदाधिकारीलाई राष्ट्रपतिले भने, जनता र विकासका पक्षमा काम गर्नुहोला
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार