काठमाडौंमा थप ३ ठाउँमा वान वे
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १५:३८:५१
२९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा थप ३ स्थानमा एकतर्फी (वान वे) बनाएको छ । यस क्षेत्रमा कार्तिक १ गतेदेखि वान वे लागू हुने महानगरपालिकाले आज एक सूचना प्रकाशित गरेर बैखाले सवारी साधन एकतर्फी संचालनबारे जानकारी दिएको छ ।
सूचनाअनुसार काठमाडौँ महानगरपालिका वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल–सेतोपुल–मिलन मार्गतर्फ जान मात्र पाउनेछ । वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउनेछ ।
यस्तै, वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र शालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरीसम्म जान मात्र पाउनेछ । वान वेन सडककोे दुवै विन्दुमा ट्राफिक सिंग्नल राखिनेछ ।
यसअघि माइतीघर–पुतलीसडक, डिल्लीबजार–ग्यालेक्सी स्कूल गेट, धरहरा–भोटेबहाल, घण्टाघर–शहिदगेट–रत्नपार्क लगायत विभिन्न क्षेत्रमा साना गल्लीहरुमा वान वेको व्यवस्था छ । वान वेन सवारी दाेहाेराे सवारी चलाउनेमाथि ट्राफिकले १५०० रूपैयाँसम्म जरिवानाकाे चिट काट्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार