‘देशको समृद्धि र जनताकाे अधिकार सुनिश्चित कम्युनिस्टबाहेक कसैले गर्न सक्दैन’
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १६:४५:२७
२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्ल’ले देशको समृद्धि र नागरिकको अधिकार सुनिश्चितता कम्युनिस्टबाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् ।
माजवादी मोर्चा नेपालले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको संदेश सभालाई सम्बोधन गर्दै महासचव विप्लवले देशमा राष्ट्रिय स्वाधीनताको रक्षा र नागरिकलाई पूर्ण अधिकार सम्पन्न बनाउने काम कम्युनिष्टबाहेक कसैले पूरा गर्न नसक्ने बताए ।
उनले अहिले मुलुकमा विभिन्न पार्टीको नामबाट भ्रष्टाचारी, तस्कर र राष्ट्रद्रोहीहरुले शासन गरिरहेको बताउँदै यसलाई विस्थापित गरेर कम्युनिष्टले शासन चलाउनु पर्ने बताए । गलत मान्छेहरुको हातमा सत्ता रहेसम्म मुलुकमा राष्ट्रघाती सम्झौता हुने र नागरिक अभाव र तनावमा बस्न विवश हुने उनले बताए ।
उनले देश र नागरिकको दुःख हटाउन समाजवादको स्थापनाका गर्न समाजवादी मोर्चा गठन भएको स्पष्ट पारे । मोर्चा देश र जनताका हरेक समस्या समाधान गर्न तयार रहेको उनको भनाइ थियो । वर्तमान संसदीय व्यवस्था कायम रहेसम्म देशमा युवा शक्ति विदेश पलायन हुने क्रम नरोकिने र यसले देशलाई अकल्पनीय क्षति पु्याउने अवस्था आएको बताए । उनले हरेक नेपालीले कठोर श्रम गर्ने र आप्नै पसिनामा बाँच्न सके मात्र मुलुकको भविष्य उज्यालो बन्ने बताए । राष्ट्र र जनताविराेधी कुनैपनि सम्झाैता स्वीकार्य नहुने उनले बताए ।
सभामा मोर्चामा आवद्ध दलका नेताहरुले सम्बोधन गरेका छन् । संसदीय प्रणालीबाट बाहिर रहेकाे नेकपासहित सरकारकाे नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित ४ दल सम्मिलित मोर्चाले ७ वटै प्रदेशमा सन्देश सभा सम्पन्न गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार