धनगढी पुगेर माधव नेपालले भने- ‘समाजवादी मोर्चा बनेपछि मुलुकमा तरंग पैदा भयो’
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १७:११:०
२९ असोज, धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ४ दल एक भएर समाजवादी मोर्चा बनेपछि देशमा राजनीतिक तरंग गएको बताएका छन् ।
मोर्चाले आज कैलालीको धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दैउनले राष्ट्रमा समाजवाद स्थापनाका लागि मोर्चाले नेतृत्व लिने बताए । उनले मोर्चाको गठनपछि विकास र समृद्धिविरोधीको सातो गएको बताए । उनले मोर्चामा सबै वामपन्थीलाई अटाउन सकिने बताए ।
राजनीतिक स्थिरता विराेधी र भ्रष्ट्रचार पक्षधरले मोर्चाविरुद्ध गलत हल्ला फैलाइरहेको भन्दै अध्यक्ष नेपालले मोर्चासँग डराउनुपर्ने कुनै कारण नभएको बताए । मोर्चा श्रमिक जनताको असल संगठन भएको उनको भनाइ थियो ।
सभालाई मोर्चामा आवद्ध ४ दलका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र संसदीय प्रणालीबाहिर रहेको नेकपा सम्मिलित छन् । मोर्चाले सात वटै प्रदेशमा प्रदेश स्तरीय सन्देशसभा पूरा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार