दशैंका लागि भोलिदेखि खाद्यले खसीबोका बिक्री गर्ने, जीउँदो खसी किलोको छ सय ८०
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १९:५२:८
२८ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि भोलि मंगलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ ।
उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौं ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दशैंमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
बहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार