भूकम्पबाट भत्किएका विद्यालय निर्माणका लागि श्रमदानमा जुटे नेकपाका नेतृत्व पंक्ति
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १२:५१:३०
३० असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृत्व पंक्ति भूकम्पबाट क्षति पुगेका बझाङका विद्यालय निर्माणमा श्रमदानमा जुटेका छन् । बझाङको दुर्गाथलि गाउँपालिका–२ स्थित महालिंग आधारभूत विद्यालय निर्माणमा नेकपा महासचिव विप्लवले श्रमदान गरेका छन् ।
सोमबार उनीसहितको टोलीले ढुंगा, बालुवा बोक्ने र निर्माण कार्यमा श्रमदान गरेको हो । सो क्रममा विप्लवले निर्माण कार्य पूरा नभएसम्मका लागि कुनै न कुनै कोणबाट श्रमदानमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपालले यसघि जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीमार्फत् जिल्ला विपद् व्यवस्थापन समितिलाई बझाङका भुकम्प पिडितका लागि कम्बल र सहयोग रकम प्रदान गरेका थिए ।
जनकम्युन र सामूहिक धान खेतीको अवलोकन
यसैबीच महासचिव विप्लवले सोमबार कैलालीको घोडाघोडीस्थित जनकम्युनको अवलोकन गरेका छन् । घोडाघोडी नगरपालिका–९ स्थित रसिपुरमा रहेको जनकम्युनको अवलोकन गरेका थिए । सोही अवसरमा उनले नेकपाको सेती ब्यूरोले लगाएको ४ बिघा धान खेतीको समेत अवलोकन गरेका थिए ।
नेकपाले याे वर्ष मात्र मुलुकभरमा १०० बिघामा सामहिक धान खेती गरेकाे जनाएकाे छ । पार्टीका नेता कार्यकर्ता आफ्नै श्रममा बाँच्ने र सामुहिक खेतीमार्फत मुलुकलाइ आत्मनिर्भर तुल्याउने उद्देश्य अनुरूप कृषि र उत्पादन सुरू गरेकाे पार्टीले जनाउँदै आएकाे छ । उसले पार्टी अहिले ऋणमा नरहेकाे र सानातिनाे सहयाेग गर्ने सकिने अवस्थामा रहेकाे जनाएकाे छ ।
तत्कालीन जनयुद्धका बेला रोल्पाका थवाङ लगायत स्थानमा संचालन गरिएको जनकम्युन अवधारणालाई नेकपाले निरन्तरता दिँदै आएको छ । जनकम्युनमा सामुहिक श्रम जनसहकारी, बजार तथा जनताको अधिकारबारे नीतिगत छलफल तथा उपभोग्य वस्तुको उत्पादन, सामूहिक बसोबास हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार