चालु खाता बचतमा, शोधनान्तर र विदेशी मुद्रा सञ्चितिमा सुधार
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १४:४३:४७
३० असोज, काठमाडौं । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो दुई महिना (भदौसम्म) चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो आवको यसै अवधिमा चालू खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा पुगेको देखिएको छ । शोधनान्तर स्थिति समेत ५३ अर्ब ६१ करोडले बचतमा पुगेको छ । अघिल्लो वर्षको भदौमा शोधनान्तर २० अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो ।
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई ८५ करोड ८ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्बले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्व ४६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको थियो ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भई २०८० भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रूपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ७८ करोड रूपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रूपैयाँ पुगेको छ । यो सञ्चिति आर्थिक वर्ष २०७९÷८० को अन्तिम महिना (असार)को तुलनामा ३.९ प्रतिशत धेरै हो । अमेरिकी डलरमा भदौ मसान्तसम्म १२ अर्ब १ करोड विदेशी मुद्रा सञ्चिति रहेको देखिएको छ । यो असारको तुलनामा २.६ प्रतिशत धेरै हो ।
अहिलेको विदेशी मुद्राको सञ्चितिले १२.६ महिनाको वस्तु आयात गर्न पर्याप्त हुन्छ । १०.३ महिनाको वस्तु तथा सेवा आयातमा यो सञ्चिति पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० भदौ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पालन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपात २९.७ प्रतिशत, ८६ प्रतिशत र २६.२ प्रतिशत रहेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार