लाओसलाई हराउँदै नेपाल विश्ककपको दोस्रो चरणमा
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार २०:६:१७
३० असोज, काठमाडौं । लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई २–१ ले पराजित गर्दै विजयी भएको हो ।
नेपालले लाओसलाई विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा १–० ले पराजित गर्दै नेपाली फुटबललाई ठूलो राहत दिलाएको छ । लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं मिनेटमा निर्णायक गोल गरे ।
यससँगै नेपालले दुई लेगको खेलमा समग्रमा २–१ को निर्णायक अग्रता लिन सफल रह्यो । काठमाडौंमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगेको थियो । नेपाललाई दोस्रो चरण पुग्नका लागि जित्नै पर्ने दबाब थियो । त्यसैले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले सुरुदेखि आक्रामक रणनीति अपनाएका थिए । पहिलो लेगमा उतारको सुरुआती ११ मा तीन परिवर्तन गर्दै दोस्रो लेग खेलेको थियो ।
अञ्जनले नजिकको दूरीबाट दिएको पासमा मनीषले उत्कृष्ट ‘फ्लिक’ गर्दै गोल गरेका हुन् । मनीषले नेपालका लागि गरेको यो तेस्रो व्यक्तिगत गोल हो । उनले यसअघि इराक र माल्दिभ्सका लागि गोल गरेका थिए ।
छनोटको दोस्रो चरणमा प्रवेश गरेयता यो वर्षको अन्त्य र अर्को वर्ष नेपाली राष्ट्रिय टिम व्यस्त रहनेछ । नेपालले अब दोस्रो चरणमा समूह ‘एच’ मा खेल्नेछ । त्यस समूहमा यूएई, बहराइन र यमन रहेका छन् । अब समूहमा ‘होम एन्ड अवे’ आधारमा खेल हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
एएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार