कोशीका मुख्यमन्त्री कार्कीलाई मत दिन दलको ह्वीप
नेपालबहस संवाददाता
कात्तिक १, २०८० बुधबार ९:३२:३९
१ कात्तिक, विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री केदार काकीलाई विश्वासको मत दिन निर्देशन दिएको छ । कोशी संसदीय दललाई विश्वासको पक्षमा मतदान गर्न केन्द्रले निर्देशन दिएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले पनि विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिएको छ । नेकपा माओवादी र नेकपा एकीकृत समावजादी पार्टीले पनि कार्कीका पक्षमा मतदन गर्ने भएका छन् ।
कोसी प्रदेश सभाको बुधबार बोलाइएको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदै छन् । उनलाई राप्रपा र जसपाले भने मत नदिने बताएका छन् । अहिले दलहरूले भने अनुसार मतदान भए कार्कीले ९३ मध्ये ८५ सांसदको विश्वास पाउने देखिएको छ । यो कोशीमा अहिलेसम्मका मुख्यमन्त्रीले पाएको सबैभन्दा बढी मत हुनेछ । नेपाली कांग्रेसका सबै सांसदलाई पक्षमा मत हाल्न पार्टीको केन्द्रीय समितिले पत्राचार गरिसकेको छ । कांग्रेसका २९ सांसद छन् ।
नेकपा एमालेका ३९ सांसदले पक्षमा मत हाल्ने प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिएका छन् । माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गर्ने भएको छ । पार्टीको प्रदेश कमिटीले यसबारे निर्णय गरेको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए । माओवादी केन्द्रसँग १३ सांसद छन् । नेकपा एकीकृत समाजवादीले पनि कार्कीलाई मत दिने भएको छ । समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले यसबारे छलफल भएको बताए । समाजवादीका ४ सांसद छन् ।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत लिनुअघि सबै दलका नेताहरूसँग छलफल गरेका छन् । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार