२३ लाख थपेर खाजाको विल बनाएपछि छानविन सुरु
नेपालबहस संवाददाता
कात्तिक १, २०८० बुधबार २१:५०:७
१ कात्तिक, सुर्खेत । छेडागाड नगरपालिका जनप्रतिनिधिले खाना खाएको खर्च विषयमा छानविन गर्न बनेको समिति बुझाएको प्रतिबेदनमा २३ लाख रकम फर्जीबिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको छ ।
पटक–पटक खाजा प्रकरणको समाचार प्रकाशित भएपछि कार्यपालिकाको बैठकले बनाएको छानमिन समितिले २३ लाख ५८ हजार ४४५ रुयैयाँ रकम हिनामिना भएको निष्कर्स निकालेको हो ।
कार्यकापालिकाको बैठक र नगरसभा जनप्रतिनिधिले खाजा र खानामा झण्डै ४२ लाख खर्च गरेको समाचार प्रकाशित भएको थियो। उक्त समाचार प्रकाशित भएपछि छानमिन समिति गठन गरिएको थियो । एक वर्ष अवधिमा (२०७९ जेठ देखि हाल २०८० जेठ ) जम्मा १६ वटा कार्यपालिकाको बैठक र २ वटा नगरसभा बसेको थियो ।
उक्त बैठकमा जनप्रतिनिधिले उक्त रकमको खाजा, नास्ता खाए भनि नगरपालिकाको लेखाशाखाबाट फिर्जी बिल प्रयोग गरि ३० लाख ४८ हजार ४६५ रुपैयाँ होटललाई भुक्तानी दिइसकेको निष्कर्ष निकालेको छ । खाजा नास्ताको बिल भन्दा बढी अर्थात २३ लाख ५८ हजार ४४५ रकम झुटा बिल प्रयोग गरेर लेखा शाखाबाट रकम भुक्तानी भएको पाइएको हो ।
छानमिनको क्रम्मा कार्यपालिकाका १५ बैठक , २ वटा नगरसभा, भूउपयोगको बैठक २ वटा , जनप्रतिनिधिको बिदाई र स्वागत कार्यक्रम १ वटा, कर्मचारीको परीक्षा सञ्चालन समितिको १ वटा कार्यक्रमको रकम खर्च भुक्तानी भएको छ । प्रतिबेदनमा कर्मचारीले नै खाना र खाजाको रकम अनियमितता गरेको उल्लेख गरिएको छ ।
त्यस्तै ११ लाख ४२ हजार १४५ हजार रुपैयाँको अर्को बिल बाँकी रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले तोक आदेश गरेर लेखामा पठाएका थिए । उक्त रकम मध्यबाट बास्तविक रकम भुक्तानी गर्नुपर्ने ६८ हजार ५६० रुपैया मात्र भएको कार्यपालिकाले औल्याएको छानमिन समितिका संयोजक प्रेम खत्रीले जानकारी दिए ।
भुक्तानी भएको पहिलो बिल ३० लाख ४८ हजार ४६५ मध्यबाट खाजा, नास्ताको जम्मा ६ लाख ९ हजार २० रुपैया मात्र बास्तविक बिल भएको कार्यपालिकाले निस्कर्ष निकालेको छ । लेखाशाखा र प्रमुख प्रशासकीय अधिकृतसँगै होटल व्यवसायीको मिलेमत्तोमा भारी रकम बदमासी गरेको कार्यपालिकाले नै औल्याएपछि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले सो रकम फिर्ता गर्छु भनेपनि हाल सम्म रकम फिर्ता नगरेको संयोजक खत्रीले बताए । कार्यपालिकाको बैठकमा आएर फर्जी बिल बनाएको कुरा स्वीकार गर्दै उक्त रकम फिर्ता गर्छु भनि असोज २४ गते सम्म समय दिइएपनि रकम नगरपालिकाको खातामा जम्म नभएको उनले बताए ।
रोकाय सम्पर्कमा समेत नआएको उनले बताए । यत्ता कार्यपालिकाको मिति २०८० असोज २५ गते बसेको कार्यपालिकाको बैठकले भदौ ३० गते पेश छेडागाड नगरपालिकाको खाजा नास्ता प्रतिबेदन २०८० पटक ,पटक छलफल गरिएको, असोज २५ गते लिखित स्पस्टीकरण मागिएको सो स्पष्टिकरण नआएकोले प्रतिबेदनको राय, सुझाव अनुरुप आलेप र मलेपको परामर्शबाट एकीन गरी सम्वन्धित पक्षबाट असुल उपर गर्ने निर्णय गरेको छ ।
त्यस्तै झुटा,फर्जी बिल पेश गर्ने होटल,पसल व्यवसायीलाई कार्यपालिकाको कार्यालयले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उक्त स्ष्पटीकरण चित्त बुझदो नआए अन्य कारबाहीको लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको खत्रीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार