बजेटः पहिलो त्रैमासमा ४६ अर्ब घाटामा सरकार
नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार १२:४१:४४
२ कात्तिक, काठमाडौं । चालु अर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनामा सरकारले गरेको आम्दानी र खर्चको हिसाब हेर्दा पहिलो त्रैमासिकमा सरकार ४६ अर्ब रूपैयाँले घाटामा गएको छ । गत वर्षको नकारात्मक प्रभावको असर अझै बाँकी रहेको सरकारी अनुमान छ । यस हिसाबले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी वित्त घाटामा छ ।
वित्तीय प्रणालीमा झन्डै ५ खर्ब रूपैयाँ लगानी योग्य रकम थुप्रिएपछि सरकारले धमाधम आन्तरिक ऋण उठाइरहेको छ । अपेक्षित रूपमा राजस्व संकलन नभइरहेका बेला बजारमा पर्याप्त तरलता रहेको मौकामा सरकारले धमाधम आन्तरिक ऋण उठाइरहेको हो । गत वर्ष दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाएको सरकारले यस वर्ष पहिलो त्रैमासदेखि नै आन्तरिक ऋण उठाउन थालेको हो ।
चालू आर्थिक वर्ष उठाउनुपर्ने २ खर्ब ४० अर्ब आन्तरिक ऋणमध्ये हालसम्म ९७ अर्ब ३१ करोड रूपैयाँ संकलन भइसकेको छ । उल्लिखित तथ्यांकमा तालिकाअनुसार दोस्रो त्रैमासमा उठाउनुपर्ने ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमार्फत उठाइएको आन्तरिक ऋण पनि जोडिएको छ । दोस्रो त्रैमासका लागि तय भएको मध्ये हालसम्म एउटा १५ अर्बको र बाँकी तीन वटा १० अर्बको विकास ऋणपत्रमार्फत राष्ट्र बैंकले आन्तरिक ऋण उठाइसकेको छ । हालसम्म संकलित ९७ अर्ब ३१ करोड आन्तरिक ऋणमध्ये ५ अर्ब ट्रेजरी बिलबाट र बाँकी ९२ अर्ब ३१ करोड रूपैयाँ विकास ऋणपत्रमार्फत उठाइएको राष्ट्र बैंकले जनाएको छ ।
असोज ३० सम्म सरकारको कुल आम्दानी २ खर्ब ३४ अर्ब ६३ करोड रूपैयाँ छ । सोही अवधिमा सरकारको कुल खर्च २ खर्ब ८० अर्ब ५७ करोड रूपैयाँ महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । यसरी हेर्दा असोज मसान्तमा सरकारी वित्त करिब ४६ अर्बले घाटामा रहेको देखिन्छ । यस्तै, असोज मसान्तमा सरकारले २ खर्ब १९ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ । यो गत वर्षको भन्दा १५ अर्ब रूपैयाँले बढी हो ।
महालेखाका अनुसार असोज मसान्तसम्म चालु खर्च २ खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ । यस वर्षको बजेटले ११ खर्ब ४१ अर्ब रूपैयाँ चालू खर्च हुने अनुमान गरेको छ । असोजसम्ममा भएको खर्च कुल अनुमानको १८.६९ प्रतिशत हो । मंसिरसम्ममा पुँजीगत बजेट खर्च १७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यो लक्ष्यको मात्र ५.९ प्रतिशत हो । चालु बजेटमा ३ खर्ब २ अर्ब रूपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ । कुल बजेटमा पुँजीगत बजेटको हिस्सा १७.२४ प्रतिशतमात्र हो । तैपनि यो खर्च हुने अवस्था छैन ।
अर्थतन्त्र सुस्त भए पनि यो वर्ष १४ खर्ब २२ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेका थिए । महालेखाका अनुसार असोज मसान्तसम्म २ खर्ब १९ अर्ब रूपैयाँ राजस्व उठेको छ । यसमा कर राजश्व एक खर्ब ९९ अर्ब र गैरकर राजस्व १९ अर्ब ६५ करोड हो । बजेटमा कर राजस्व १३ खर्ब ५ अर्ब र गैर कर राजस्व एक खर्ब १७ अर्ब रूपैयाँ उठाउने भनिएको थियो । यो अवधिमा सरकारको अन्य आम्दानी भने १५ अर्ब ४५ करोड रूपैयाँ भएको छ । सरकारको सबै आम्दानीलाई जोड्ने हो भने असोजसम्ममा २ खर्ब ३४ अर्ब रूपैयाँ पुग्छ ।
गएका तीन महिनामा सरकारले ६ करोड १८ लाख रूपैयाँ मात्र वैदेशिक अनुदान प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको ०.१२ प्रतिशत हो । चालू आर्थिक वर्षमा वैदेशिक अनुदानमार्फत सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रूपैयाँ संकलन गर्ने लक्ष्य तय गरेको थियो । गत आर्थिक वर्षको तीन महिनामा सरकारले वैदेशिक अनुदानतर्फ लक्ष्यको १.४३ प्रतिशत प्रगति गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार