बडादशैंको अवसरमा नेपाल किसान महासंघले आयोजना गर्याे चियापान
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार १५:४४:५
३ कात्तिक, दमक । नेपाल किसान महासंघ काेशी प्रदेश समितिले बडादशैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार प्रदेश तदर्थ समितिले २०८० सालको बडादशै, शुभ दीपावली, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेकाे हाे ।
झापाको दमक ४ कृष्ण मन्दिर स्थित होटल क्याफेमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमले किसानलाई कांग्रेससँग जोड्ने पुलको काम गरेको छ ।
संविधानसभा सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका कोशी प्रदेश समितिका अध्यक्ष विश्वदीप लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा विशिष्ठ अतिथि दमक नगरपालिकाकी उपप्रमुख तथा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य रेगिना भट्टराई प्रसाईं रहेको नेपाल किसान महासंघका मोरङ जिल्ला अध्यक्ष बसन्त हुमागाईले नेपालबहस डटकमलाई बताए ।
कार्यक्रममा शुभकामना दिने अधिकांश वक्ताहरूले नेपाल खाद्यान्नमा परनिर्भर बन्दै जानु दुखद भएको बताउँदै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन नेपाल किसान महासंघको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बिगतका तिता मिठा कुराहरू डिलिट गरि अब नयाँ शिराबाट एकजुट र एकताबद्ध भएर अगाडि बढ्न हामी सबैलाई नवदुर्गा भवानीले सद् बुद्धि प्रदान गरुन भन्दै सबैलाई नेपालीहरूका आउँदै गरेका बडादशैं, दीपावली लगायतका पर्वहरू हर्षोल्लासका साथ मनाउन शुभकामना व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसका युवा नेता तथा झापा क्षेत्र नम्बर ५ 'ख' का प्रदेशसभा सभापति रवि केसीले नेपाल किसान महासंघ कोशी प्रदेशको सक्रियताले पार्टीलाई अझ बढी क्रियाशील र सक्रिय बन्न थप दवाव मिलेको भन्दै वास्तविक किसानका समस्याहरू वडा तहसम्म पुगेर लिन सक्नु र त्यसलाई समाधान गर्न पहल गर्न सक्ने हो भने नेपाली कांग्रेस थप बलियो बन्ने भएकोले प्रदेश भित्रका १३ वटै वडाहरूमा पार्टीले गर्नुपर्ने हर प्रकारका सहयोग गर्न आफू तत्पर रहेको बताएका थिए ।
नेपाल किसान महासंघका केन्द्रीय सदस्य डम्बर कार्कीले युवाहरू राजनीतिबाट पलायन हुँदै जान थालेपछि राजनीतिक भविष्य कस्तो रहला भन्ने चिन्ता व्यक्त गर्दै विगतमा संगठन निर्माण गर्दा देखिने युवाहरूको बाक्लो उपस्थिति हराउँदै अहिले कमिटी गठन गर्न पनि नपुग्ने अवस्था आएको प्रति कटाक्ष गर्दै अब युवाहरूलाई स्व रोजगार र राजनीतिमा उचित अवसर प्रदान गर्ने काम नेपाली कांग्रेसले गर्नुपर्ने धारणा राखेका थिए ।
आफ्ना शुभकामना मन्तव्यमा नेपाल किसान महासंघ मोरङ जिल्ला अध्यक्ष वसन्त होमागाईले पार्टी नेतृत्वको दबाब र मनोनयनमा हस्तक्षेपका कारण क्षेत्र, प्रदेश र पालिकाहरुको महासंघको संगठन विस्तारमा ढिलाई भइरहेको जानकारी गराउँदै हामी कुरा कम र काम बढी गर्ने श्लोगनका साथ अगाडि बढिरहेको बताएका थिए ।
मन्तव्यको क्रममा वरिष्ठ अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नगरपालिकामा अझै पनि वास्तविक किसानले अवसर पाउन नसकेकोमा दुःख व्यक्त गर्दै महासंघले किसानलाई नगरपालिकासम्म जोडिदिने र वास्तविक किसानले कृषिको लगानी र अनुदान प्राप्त गर्ने वातावरण मिलाइदिन अनुरोध समेत गरेकी थिईन ।
शुभकामना तथा चियापान कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ कोशी प्रदेश अध्यक्ष नेपाली कांग्रेसका युवा नेता विश्वदीप लिङ्देनले असल नेतृत्वसँग जिम्मेवारी, उत्तरदायित्त्व र जवाफदेहिता हुनुपर्छ भन्दै पार्टीले जिम्मेवारी दिन खोज्दा जिम्मेवारी लिन अग्रसर नहुने तर चिया पसलमा विपक्षीसँग बसेर आफ्नै नेतृत्वको विरोध गर्ने रोगको उपचार नगरी नेपाली कांग्रेस र भातृ तथा शुभेच्छुक संस्थाहरू बलियो हुन नसक्ने धारणा राख्दै नेता लिङ्गदेनले नेता रहरले हैन गुणले मात्रै बन्न सक्ने यथार्थतामाथि सटिक व्यङ्ग्य प्रहार गरेका थिए ।
नेता लिङ्देनले भारी बोक्नै नसक्नेलाई फेरी पोको थपिदिने काम गर्दा युवाहरू राजनीतिबाट पलायन हुन सक्ने तर्फ सचेत गराउँदै अब नेपाली कांग्रेसको नेतृत्वले भातृ तथा शुभेच्छुक संस्थाहरूलाई एकसाथ लिएर अगाडि बढनेमा आफू आशावादी रहेको बताएका थिए ।
नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश समिति सदस्य भूमिराज राई, महाधिवेशन प्रतिनिधि मेदनी सिटौला नेपाल सांस्कृतिक सङ्घका केन्द्रीय सदस्य दिलबहादुर बुढाथोकी, महासंघका झापा जिल्ला अध्यक्ष रतन थिङ्गलाबो, मोरङ अध्यक्ष वसन्त होमागाई, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरु, दमक वार्ड नं। ४ का वडा अध्यक्ष तथा वडा सभापतिहरू, निम्स नेशनल हस्पिटलका अध्यक्ष तथ पुर्व महाधिवेशन प्रतिनिधि उमाकान्त आचार्य, नेपाल किसान महासंघ कोशी प्रदेशका उपसभापति सचिव कोषाध्यक्ष, सहसचिव तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
आजको कार्यक्रममा नेपाल किसान महासंघका कोशी प्रदेशमा विभिन्न पदमा मनोनयन भएका कोषाध्यक्ष पदमा शान्ता बस्नेत कार्की, सहसचिवमा वर्तमान धिमाल, सदस्यहरूमा नेत्र प्रसाद बाँस्कोटा 'ईलाम' र सुरज श्रेष्ठ 'मोरङ' प्रमुख अतिथि विश्वदीप लिङ्गदेन तथा नेपाल किसान महासंघका केन्द्रीय सदस्य डम्बरबहादुर कार्कीले मनोनयन पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल किसान महासंघका कोशी प्रदेश सचिव यज्ञ प्रसाद भट्टराईले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार