इजरायलमा ज्यान गुमाएका चार विद्यार्थीको शव आइतबार नेपाल ल्याईने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार २२:२३:५०
३ कात्तिक, काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार बिहान काठमाडौं ल्याईने भएको छ । तेल अबिबस्थित नेपाली दूतावासले पहिचान भएका चार विद्यार्थीको शव शनिबार नेपाल पठाउने जानकारी दिएको हो । ती शवहरु आइतबार बिहान नेपाल आइपुग्ने छन् ।
हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थी मध्ये सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसोको १ः२५ बजे फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव कार्तिक ५ गते, आइतबार बिहान काठमाडौं पुग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासका अनुसार ईजरायलबाट फ्लाइ दुबईको उडान नं एफजेड १२१० मार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाइ दुबईकै उडान नं एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ । अन्य शव पहिचानको काम क्रमशःभइरहेको दूतावासले स्पष्ट पारेको छ ।
साथै, सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि दूतावासले उल्लेख गरेको छ । प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएका मध्ये ५ जनाको शव इजरायली सरकारले असोज २८ गते नेपाललाई हस्तान्तरण गरेको थियो ।
नारायण प्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेश राज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले जनाएको छ । उनीहरू मध्ये नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याउन लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार