८ जना भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला, भारतमा तनाव
नेपालबहस संवाददाता
कात्तिक १०, २०८० शुक्रबार १०:२९:१६
१० कार्तिक, काठमाडौं । कतारको एक अदालतले जासुसी गरेको अभियोगमा ८ जना भारतीय पूर्वशैनिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती सबै भारतीय नौसेनाका पूर्वअधिकारी हुन् ।
कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । हालै अदालतले उनीहरुको मुद्दामा अन्तिम फैसला गर्दै मृत्युदण्ड सुनाएको हो । फैसलाको विस्तृत पाठ आइसकेको छैन । आठै जना भारतीय कतारको कन्सल्ट्रि कम्पनी अल दहरामा कार्यरत थिए ।
जासुसीको आरोपमा कतारले भारतीय नौसेनाका आठ पूर्व कर्मचारीलाई मृत्युदण्डको सजाय सुनाएको हो । यो विषयलाई भारतले पनि चुनौती दिने भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सो घटनालाइ लिएर विपक्षी दलहरूले यस विषयमा सरकारलाई घेरा हाल्न थालेका छन् । संसदमा यस विषयमा छलफल गर्दा सरकारले गम्भीरताका साथ नदिएको बताएका थिए ।
कांग्रेस, एआईएमआईएमलगायत सबै दलले सरकारलाई यस विषयमा घेरा हालिरहेका छन् । गत वर्ष जासुसीसम्बन्धी एउटा मुद्दामा आठ भारतीय पक्राउ परेका थिए । एआईएमआईएम प्रमुख असदुद्दीन ओवैसीले प्रधानमन्त्री नरेन्द्र मोदीले सबै पूर्व कर्मचारीहरूलाई फिर्ता ल्याउनु पर्ने बताएका छन्।
ओवैसीले भने, अगस्टमा मैले कतारमा फसेका पूर्व नौसेना अधिकारीहरूको मुद्दा उठाएको थिएँ। आज उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ, प्रधानमन्त्री मोदीले इस्लामिक राष्ट्रहरूले उनलाई कति माया गर्छन् भन्ने कुरामा ठूलो कुरा गर्छन्, यसो हो भने पूर्व पदाधिकारीहरुलाई फिर्ता ल्याउनुपर्छ, मृत्युदण्डको सजाय भोग्नु निकै दुर्भाग्यपूर्ण छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार