मखानले महत्व पाउँदा किसान खुसी
नेपालबहस संवाददाता
कात्तिक १०, २०८० शुक्रबार १२:५३:१
१० कात्तिक, महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री वढेको छ । कोजाग्रत पूर्णिका दिन पान र मखान 'पोखरी, तलाउमा फलाइने फल विशेष' खाने÷ख्वाइने परम्परा मधेशमा रही आएको छ । एक दिनअघि नै यस क्षेत्रका गाउँ नगर बस्तीका बजारमा पान र मखानको बजार जमेको हो । कोजाग्रत पूर्णिमा शनिबार मनाइँदैछ ।
कोजाग्रत पर्वमा मखान र दूध खाने मैथिल परम्परा छ । मखान शक्तिवद्र्धक पौष्टिक आहार मानिन्छ । यसैगरी, कोजाग्रत पूर्णिमाका दिन सबैजसोले पान खाने भएकाले यस भेगमा एक दिनअघिदेखि नै पानका पातको बिक्री बढेको हो । अहिले पान पसले टाढाटाढाबाट पानका पात जुटाउन व्यस्त छन् ।
कोजाग्रत पूर्णिमाका दिन मखान खाएर पान खाने आम प्रचलन छ । पर्व विशेषलाई नै दृष्टिगत गरेर प्रत्येकजसो बजारमा आजदेखि नै मखानको बिक्री बढेको हो । महोत्तरीका बस्ती÷बस्तीमा आज बिहानदेखि ‘मखान लेबै मखान’ 'मखान लिनोस् मखान' भन्दै मानिसहरु घरघरैजसो हिँडेका भेटिन्छन् । त्यसैगरी, आफ्नै घरमा लगाइएको पान टिपेर बजारका पान पसलमा पात पु¥याउन ससाना बालबालिका पनि रमाइलो मान्दै हिँडेका देखिन्छन् ।
पर्वलाइ लक्षित गरी सबैजसो बजारमा व्यापारीले मखान फिजाएर राखेका छन् । मखानको बिक्री त एक÷दुई दिनपहिले देखि नै सुरु भएको भङ्गाहा नगरपालिका–५ सीतापुरबजारमा किराना पसल चलाउँदै आउनुभएका नागेन्द्र साह बताए ।
जिल्लाका बर्दिबास, औरही, सम्सी, सीतापुर, मटिहानी, जलेश्वर, रामगोपालपुर, बलवा, पिपरा र लोहारपट्टीसहितका बजारमा मखान बेच्ने÷किन्नेकै भीड लागेको छ । महोत्तरीका मटिहानी र रामगोपालपुर नगरपालिका क्षेत्र मखान उत्पादनका उर्वरक्षेत्र मानिन्छन् ।
पर्वविशेषले आफ्नो उत्पादनले महत्व पाउँदा मखान किसान यो पर्वका बेला खुसी देखिन्छन् ।कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीमा विचरण गर्न आउने र साँझपख जुन घरमा दीप प्रज्वलित गरिएको छ, त्यहाँ प्रवेश गर्ने विश्वासले घरघरमै दीप प्रज्वलित गरेर देवीलाई पनि मखान र पानसहितका सामग्रीले पूजाआराधना गरिने मैथिल परम्परा छ । कोजाग्रतमा रातभरि जाग्राम 'जागा' बस्नुपर्ने पुरानो विश्वास भएकाले कोजाग्रत दिनका लागि यस क्षेत्रमा नाचगानसहितका मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजन हुन्छन् ।
विभिन्न पर्वमा खास महत्वका फरक÷फरक पूजा सामग्री र नैवेद्य चढाउने परम्पराभित्र कोजाग्रतमा भने पान र मखानको महत्व हुने गरेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताए । पान र मखान दुवै सम्पन्नता र सौन्दर्यका प्रतीक मानिन्छन् । त्यसैले कोजाग्रत पर्वमा यिनको महत्व बढेको उनको भनाइ छ ।
कोजाग्रत पर्वमा कहिल्यै पान नखाने व्यक्तिले पनि विधिकै लागि पान खाने गरेका छन् । पान सौन्दर्य र सम्पन्नतासँगै प्रसन्नताको प्रतीक पनि मानिने मैथिल जनविश्वासले पर्वविशेषमा यसको महत्व बढेको ८० वर्षीय प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार