जनप्रतिनिधिले एक विद्यार्थी अनिवार्य भर्ना गर्नुपर्ने
इन्द्र रिजाल
बैशाख ३, २०७६ बुधबार १:२६:१७
डोटी । विद्यार्थी भर्ना अभियानमा जनप्रतिनिधिले एक विद्यार्थीलाई अनिवार्यरुपमा भर्ना गर्नुपर्ने भएको छ । यहाँका नगरपालिका तथा गाउँपालिकाका हरेक जनप्रतिनिधिले कम्तीमा पनि एक÷एक जना विद्यार्थी अनिर्वाय भर्ना गर्नैपर्ने निर्णय गरेको हो ।
भर्ना अभियान शुरु भएसँगै यहाँका निजी विद्यालयभन्दा सरकारी विद्यालयमा विद्यार्थी भर्ना हुने चाप बढेको छ । यहाँका सरकारी विद्यालयले निजीभन्दा राम्रो पढाइ दिन थालेपछि अहिले जिल्लाभरिमै सरकारी विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको चाप बढेको जोरायल गाउँपालिका–५ गड्सेरास्थित नवोदय माविका प्रधानाध्यापक फणेन्द्रबहादुर खडायतले बताए ।
कुनै बेला विद्यार्थी खासै भर्ना हुन नआउने यहाँका सरकारी विद्यालयमा गएको वर्षदेखि उल्लेख्य विद्यार्थी भर्ना हुन थालेको शिक्षक बताउँछन् ।
जिल्लाका निजीभन्दा राम्रो पढाइ हुने नाम चलेका तलारा मावि तलारा, केदारेश्वर मावि कपल्लेकी, घण्टेश्वर मावि जोरायल, नवोदय मावि गड्सेरा, पद्मपब्लिक मुक्तिनारायण मावि सिलगढी, छत्रेश्वर मावि, रानागाउँ मावि रानागाउँ, रघुनाथ मावि निरौली, साजेन्द्रश्वर मावि फुलौट, दिल्पश्वर मावि दीपायल, हरिहर मावि पञ्चनाली, सिद्धेश्वर मावि बानीडुग्रिसैन, रामपुर मावि बुडर लगायतका दजनौँ विद्यालयमा अहिले विद्यार्थीको भर्ना चाप बढेको केदारेश्वर मावि कपल्लेकीका शिक्षक रामबहादुर ऐरले दाबी गरे ।
विद्यालय जाने उमेरका बालबालिका शिक्षाको पहँुचबाट बाहिर नपरून् सबै बालबालिका विद्यालय पढ्न आउन भन्दै तीव्र रुपमा विद्यार्थी भर्ना अभियान शुरु गरिएको जोरायल गाउँपालिकाका शिक्षा विकास अधिकृत तेजु खत्रीले बताए । उनले भने, “शिक्षाको पहुँचबाट कोही बालबालिका नछुटून् भनेर हामीले भर्ना अभियान तीव्र बनाएका छौँ ।” जिल्लामा विद्यार्थी भर्ना अभियानसँगै विद्यालय जान नसक्ने बालबालिका टुहुरा बालबालिकाको लगत सङ्कलन गर्दै अभिभावकत्व लिने योजनासहित आफूहरुले दुवै काम सँगसँगै शुरु गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
उनले भने, “हामीले भर्ना अभियानसँगै अभिभाकत्वसमेत लिने योजना बनाएकाछौँ, हाम्रो योजना भनेकै बालबालिका विद्यालय पुगून् भन्ने हो ।” जिल्लाभरिमा वैशाख १५ गतेसम्म पहिलो चरणअन्तर्गत विद्यालयमा कार्यक्रम गरी भर्ना अभियान सञ्चालन गरिने छ भने वैशाख १६ देखि ३० गते गतेसम्म दोस्रो चरणअन्तर्गत घरदैलो गरेर बाँकी विद्यार्थी भर्ना गर्ने अभियान सञ्चालन गरिने भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
सामुदायिक विद्यालयमा विद्यार्थी बढे, दुई ‘सिफ्ट’ मा सञ्चालन
बैशाख १८, २०८१ मंगलबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
ढकमक्क फुलेको बेगनबेली फूलले बसन्तमय तिलोत्तमा
बैशाख २९, २०८१ शनिबार
सत्ता पक्ष र प्रतिपक्षको टकराव, मुडभेडतर्फ संसद
बैशाख २९, २०८१ शनिबार
गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार