उपत्यका नजिकको गन्तव्य कुलेखानी [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार १६:३४:२९
मनिष अर्याल
११ कात्तिक, काठमाडौं । दशैं तिहारको बिदा सदुपयोग गर्न काठमाडौंबाट नजिकको गन्तव्यमा कुलेखानी करिब दुई घण्टाको गाडी यात्राबाट पुग्न सकिन्छ । कतै कच्ची सडक त कतै पक्कि सडक हुँदै कुलेखानी पुग्न सकिन्छ । यहाँको जलविद्युत आयोजनाका लागि बनाइएको ड्यामले कुलेखानी इन्द्रसरोवरका बासिन्दाको जनजीवन फेरिएको छ ।
यो क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र दक्षिण भारतको प्रमुख तीर्थस्थलहरू जाने प्रमुख पैदलमार्गका रूपले पनि चिनिन्छ । दक्षिणकाली–हेटौंडा सडकबाट वा थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ। काठमाडौंबाट छोटो दूरीमा रहेको कुलेखानी बल्खुबाट करिब ४५ किमिको यात्रापश्चात् पुग्न सकिन्छ ।
निजी तथा सार्वजनिक सवारी साधनमा फर्पिङ, फाखेलको सडक हुँदै करिब २ घण्टाको यात्रामा मार्खु, कुलेखानी पुगिन्छ । जंगलैभरि फुलेको लालीगुराँसले मनमोहक बनाउँछ । राताम्मे फुलेका लालीगुराँस अनि गाउँले परिवेशलाई नियाल्दै जाँदा बाटोको कष्ट भुल्दै काठमाडौं जिल्लालाई छोडेपछि मकवानपुर जिल्लाको सिमाना प्रारम्भ हुन्छ ।
यहाको अर्को विशेषता भनेको माछा हो । कुलेखानीलाइ लोकल माछा खान पनि उपयुक्त स्थान मानिन्छ । यहाँ आउने आगन्तुकका निमित्त होटल तथा रिसोर्टहरू छन् । हेटौंडा र काठमाडौंबाट बढी पर्यटकहरू आउने गरेको स्थानीय होटल व्यवसायीहरू बताउँछन् । इन्द्रसरोवरमा करिब ४० वटा डुंगाबाट पर्यटकलाई सयर गर्ने सुविधा उपलब्ध गराइएको छ। सडकको सहज सुविधा हुँदा अधिकांश पर्यटक गाडी रिजर्भ गरेरै पुग्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा !
असोज ११, २०८१ शुक्रबार
झरीका कारण काठमाडौंको जनजीवन प्रभावित
असोज ११, २०८१ शुक्रबार
खुल्लामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउँदै महानगरपालिका [ फोटो फिचर ]
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार