काठमाडौं र पाल्पाबाट १६ जना जुवाडे पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार २०:३३:२७
१२ कात्तिक, काठमाडौं । काठमाडौं र पाल्पाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका(२९ मैतिदेवीस्थित गजित बिष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्ट समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
पाल्पाको तानसेन नगरपालिका(२ बडीज्ञान टोल बस्ने सुन्दर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय सुधिरमान घेंकेजु समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ४ सय २५ रूपैयाँ र ३ सय २५ पत्ती ताससहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार