राष्ट्र बैंकले फेरी ल्यायो २७ अर्ब ६६ करोडको ट्रेजरी बिलः आज बोलकोबोल, मंगलबार वितरण
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार १२:३३:३
१३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार आन्तरिक ऋण प्रयोजनका लागि २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आहृवान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आहृवान गरेको हो । बैंकद्वारा सूचनामा २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने भनिएको छ ।
जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब १० करोड रुपैयाँको ९१ दिने, १३ अर्ब रुपैयाँको १८२ दिने र १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार कात्तिक १४ गते मंगलबार ट्रेजरी बिल वितरण गरिनेछ ।
पछिल्लो पटकको बोलकबोलमा ५.९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ५.९५ प्रतिशत र सबैभन्दा कम २.६१ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः विक्री गरिरहेको छ ।
सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो । बैंक तथा वित्तीय संस्थामा निक्षेक रकम बढिरहेकाले त्यसलाई खिच्न पहिलो र दोस्रो त्रैमासमा तोकिएभन्दा बढी आन्तरिक ऋण राष्ट्र बैंकले उठाइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार