मर्यादाक्रममा सभामुखभन्दा अगाडि परे प्रधानन्यायाधीश
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार १४:३७:१८
१३ कात्तिक, काठमाडौं । विधायन समितिले राष्ट्रिय मर्यादाक्रम सम्बन्धी विधेयक संशोधनसहित पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिले यो विधेयक पारित गरेको हो । अब चार नम्बरको मर्यादा क्रममा रहेका सभामुख पाँच नम्बरमा परेका छन् ।
मर्यादा क्रमको पाँचौँ नम्बरमा राखिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश विधेयक समितिबाट चार नम्बरमा सार्ने संशोधनसहित पारित भएको छ । समितिले संशोधनसहित तयार पारेका प्रतिवेदन राष्ट्रिय सभाको मंगलबारको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
यसअघि, सभामुखलाई चौथो नम्बरमा राखेर प्रधानन्यायाधीशलाई पाँचौँ वरीयतामा राख्न विधेयकमा प्रस्ताव गरिएको थियो । उक्त विधेयक राष्ट्रिय सभाका सदस्यहरूले ०७९ चैत ५ मा गैरसरकारी विधेयकका रुपमा ल्याएका थिए । विधेयक राष्ट्रिय सभाका सदस्यहरू गोपी आछामी, तुल विक, देवेन्द्र दाहाल, प्रकाश पन्थ प्रमिला कुमारी, वेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखर सिंहले संयुक्त रुपमा लगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
बाह्य सहयोग बढाउन अर्थ मन्त्रालयले तयार पार्यो प्रगतिशील विकास सहायता नीतिको मस्यौदा
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार