गृहका ४० उपसचिवको सरूवा, ११ जिल्लाका प्रजिअ फेरिए
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार २१:१:१२
१६ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले एकैपटक ४० जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । जस अन्तर्गत ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृहमन्त्री नारायण काजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले बिहीबार एकैपटक ४० जना उपसचिवहरूको सरुवा र पदस्थापन गरेको हो ।
मन्त्रालयले १५ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूको फेरबदल गरेको छ । बझाङमा विश्वामित्र कुइकेल, मुगुमा टोपेन्द्रबहादुर केसी, कालिकोटमा गणेश नेपाली, हुम्लामा विनोद पोखरेल, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा देवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई प्रमुख जिल्ला अधिकारी बनेका छन् ।
मन्त्रालयले बैतडी, सुनसरी, सल्यान, बाँके, सुर्खेत, नुवाकोट, गोरखा, काठमाडौं, तनहुँ, उदयपुर, धनुषा, सिन्धुली, नवलपरासी पूर्व, रौतहट र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
मन्त्रालयले अध्यागमन विभागका निर्देशक खिमराज भुसाललाई सरुवा गरेर दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने मन्त्रालयमै कार्यरत उपसचिव वेदनिधि खनाललाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ ।
यस्तै बैतडी, सुनसरी, सल्यान, बाँके, सुर्खेत, नुवाकोट, गोरखा, काठमाडौं, तनहुँ, उदयपुर, धनुषा, सिन्धुली, नवलपरासी पूर्व, रौतहट र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी कर्मचारीको खाजा समय एक घण्टाबाट घटाएर ३० मिनेटमा झारियो
भदौ २४, २०८१ सोमबार
कर्मचारीको तलवमा २५ पैसा पनि थप्न सकिन्नः प्रधानमन्त्री
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार