प्रधिकरणद्वारा तारा एयरका मन्थली विमानस्थल प्रमुख थापा निलम्बित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १३:४१:७
१७ कात्तिक, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले रामेछापको तारा एयरका मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । शुक्रबार विमानस्थलभित्रै तारा एयरका दुई पाइलटबीच भएको विवाद छानविनका लागि विमानस्थल प्रमुख थापालाई निलम्बन गरिएको प्रधिकरणले जनाएको छ ।
विहान तारा एयरका पाइलट सन्तोष शाह र सञ्जिव श्रेष्ठबीच सामान्य विवादमा विमानस्थलभित्रै कुटाकुट भएको थियो । क्याप्टेन शाह सोलुको लुक्लाबाट आज विहान ८ बजे जहाज लिएर मन्थली आएका थिए ।
त्यही जहाज अर्का क्याप्टेन श्रेष्ठले लुक्ला लानुपर्ने थियो । विमानस्थलमा उनीहरुबीच सामान्य विवाद भयो र हातहालाहालको अवस्था सिर्जना भयो । प्राधिकरणले क्याप्टेनद्वय श्रेष्ठ र शाहको लाईसेन्स पनि सस्पेनमा राखेर कारवाही अगाडी बढाएको बताएको छ । यतिबेला तारा एयरको जहाज लुक्लामै ग्राउण्डेड छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार