कर्णाली मन्त्रिपरिषदकाे निर्णय : भूकम्प पीडितको राहत र उद्धार तिव्र बनाउने
नेपालबहस संवाददाता
कात्तिक १८, २०८० शनिबार ९:४२:१
१८ कात्तिक, काठमाडौं । कर्णाली प्रदेश सरकारको आज बिहान आकस्मिक बसेको मन्त्रिपरिषदको बौठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ। घाइतेको उद्धार र प्रभावितलाई राहतका लागि सबै निकायसँग सहकार्य गर्दै सहयोगका लागि आह्वान गर्ने बैठकले निर्णय गरेको हो।
कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले बैठकले प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउने र नपुगेको सामग्री खरिद गर्ने निर्णय भएको जानकारी दिए । प्रदेशमा उपलब्ध स्रोत साधन र संयन्त्र प्रभावितको उद्धारका लागि परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
उनका अनुसार प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एअरवेजमा रहेको हेलिकोप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको छ । काठमाडौंबाट रुकुम पश्चिमका घाइते र प्रभावितको उद्धारका लागि नेपाल एअरलायन्सको जहाज र स्क्याइ ट्रक थप स्वास्थ्यकर्मीसहित सल्ले विमानस्थल मुसिकोट पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार