भुकम्प प्रभावित क्षेत्रमा पाँच वटा निकायका चिकित्सकहरू सक्रिय
नेपालबहस संवाददाता
कात्तिक १८, २०८० शनिबार ९:५३:२९
१८ कार्तिक, काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु गएर भुकम्प प्रभावित क्षेत्रमा पाँच निकायका चिकित्सकहरू खटिएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार पहिलो काम उद्धार, उपचार र राहत भएकाले राज्यका सबै साधन श्रोत त्यसमा केन्द्रित गरिएको छ।
हाल भुकम्प प्रभावित क्षेत्रमा वीर हस्पिटल, ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरू स्वास्थ्य सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको सचिवालयले जनाएको छ । तत्काल उपलब्ध केहि राहत सामग्री पनि हेलिकोप्टर र जहाजमार्फत पठाई सकिएको र उनीहरूले आफ्नो तर्फबाट काम सुचारु गरिसकेका छन् ।
उद्धार र राहतको लागि संघीय, प्रदेश तथा स्थानीय सरकारका सबै निकाय परिचालित भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गृह मन्त्रालयमार्फत प्रभावित जिल्ला मात्र नभई आसपासका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि उद्धार र राहतमा सहभागी बन्न निर्देशन भएको छ भने सम्पुर्ण देशवासी तथा आज नै प्रभावित क्षेत्रमा पुगेर मद्दत गर्न सक्ने जिल्लाहरू सुर्खेत, सल्यान, बाके, बर्दिया र दाङ लगायतका जिल्लाका प्रशासन कार्यालयसँग समन्वय गरि उद्धार र राहतमा जुट्न सक्ने गरी व्यवस्था मिलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजै देखि प्रभावित क्षेत्रमा आवश्यक पर्ने खाधन्न, पिउने पानी, लत्ताकपडा, पाल आदीको व्यवस्थापनको लागि सहयोग गर्न सम्पुर्ण राजनैतिक दल, नागरिक समाज, समाजसेवी, व्यवसायी, सामाजिक संघ, संस्था तथा आम जनसमुदायलाई प्रधानमन्त्रीको सचिवालयले अपिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार