केएमसीले भुकम्पबाट घाइतेको निःशुल्क उपचार गर्ने, प्रभावित क्षेत्रमा औषधिसहितको स्वास्थ्यकर्मी टीम पठाउने
नेपालबहस संवाददाता
कात्तिक १८, २०८० शनिबार ११:५:४९
१८ कात्तिक, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले जाजरकोटको भुकम्पमा परेर घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने भएको छ ।
केएमसीका सल्लाहकार तथा मोरङ ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुनील शर्माको सक्रियतामा भूकम्प पीडितको निःशुल्क उपचार गराउने निर्णय भएको अस्पतालकी कार्यकारी अध्यक्ष सोईना शर्माले प्रेस विज्ञप्ति मार्फत आज जानकारी दिएकी हुन् । त्यसै गरी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मी समेत पठाउने केएमसीले जनाएको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहजीकरण गर्न प्रेस संयोजक नारायण दाहाल फोन नम्बर ९८०२३३५११९ र केएमसी रेस्पोन्स टीम फोन नम्बर ९८०२३३५११३ लाई सम्पर्क गर्न सूचित पनि गरिएको छ । भुकम्पमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै सांसद शर्माले प्रभावित परिवारमा समवेदना प्रकट गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार