भूकम्प प्रभावित क्षेत्रमा गएका प्रधानमन्त्रीको जनस्तरबाटै आलोचना
नेपालबहस संवाददाता
कात्तिक १८, २०८० शनिबार १२:१७:३१
१८ कात्तिक, काठमाडौं । गए राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पले पुर्याएको क्षति अवलोकन गर्न हेलिकोप्टरमा स्वास्थ्यकर्मीको टोली लिएर त्यसतर्फ गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जनस्तरमै आलोचना भएको छ । परिस्थितिको व्यवस्थापन गर्नुपर्ने प्रधानमन्त्री पर्यटक जस्तो घुमेको भन्दै उनको आलोचना भएको हो ।
सामाजिक स्तरमा भएको आलोचनाप्रति प्रधानमन्त्रीको सचिवालयको पनि ध्यानाकर्षण भएको छ । सचिवालयले प्रधानमन्त्रीको बचाउ गरेको छ । प्रधानमन्त्री हेलिकोप्टर लिएर प्रभावित क्षेत्रमा जाँदा केन्द्रबाट जनशक्ति कसरी परिचालन गर्ने भन्ने अन्योल भएको छ । बिहान अबेरसम्म नेपाल प्रहरी र नेपाली सेनादेखि हवाई क्षेत्रका सञ्चालकहरु भूकम्प क्षेत्रको उद्धारमा कसरी जाने भन्ने अन्योलमा थिए ।
कतिपय राजनीतिक कार्यकर्ता तथा सर्वसाधारणले प्रधानमन्त्री प्रकोपका बेला पर्यटन गर्न गएको भन्दै आलोचना गरिरहेका छन् । उनीहरूले यस्तो बेला आफ्नो टिम, सेना प्रहरीको लावालस्कर लगाएर हिँड्ने होइन भन्दै सामाजिक सन्जालमार्फत् सुझाव दिएका छन् ।
यता, प्रधानमन्त्रीको सचिवालयले भने शुक्रबार रातीको जाजरकोट भुकम्पमा ठूलो जनधन क्षति भएको थापा पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यको निकाय परिचालनका अतिरिक्त आफ्नो व्यक्तिगत सक्रियता देखाएको बताएको छ ।
प्राकृतिक विपद्का बेला सरकारको प्रमुख आफैं सक्रिय हुँदा नागरिकमा भरोसा जागृत हुने ठानेर प्रधानमन्त्री शनिबार बिहानै भुकम्पका मुख्य प्रभाव क्षेत्र जाजरकोट हुँदै रुकुम गएको सचिवालयको भनाइ छ । प्रधानमन्त्रीले अरु नियमित भ्रमणमा जस्तो सचिवालयका सदस्य, सल्लाहकार, सुरक्षाकर्मी नलगेको, भूकम्पपीडित, घाइते आदिका लागि तत्कालै चिकित्सा सहयोग पुगोस् भनेर डाक्टर, स्वास्थ्यकर्मीहरू र औषधी लगेर गएको प्रधानमन्त्री सचिवालयको भनाइ छ ।
अरू भ्रमणमा जस्तो फोटोग्राफर लगायत टिम कोही पनि नगएको, केवल स्वास्थ्य टोली मात्रै गएको बालुवाटारले जानकारी दियो । ‘उद्धार, राहतलगायत तत्कालै गर्नुपर्ने काम अझै प्रभावकारी हुन सकोस् भनेर सिंगो टिमको परिचालनमा सहयोग तथा निर्देशनका लागि प्रधानमन्त्रीज्यु जानुभएको हो,’ प्रधानमन्त्री सचिवालयले भनेको छ, तत्काल आवश्यकता पूर्तिका लागि डाक्टर र स्वास्थ्यकर्मी आफैं लगेर जानुभएको छ ।
अरू टोली पनि पठाउने काम हुँदैछ । संघ, प्रदेश, स्थानीय तीनै तहका सरकारलाई आपसमा समन्वय गर्ने तथा सुरक्षाकर्मीलगायत अरू निकायसँग चुस्त समन्वय मिलाउने काम प्राथमिक हो । जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसद तथा ऊर्जामन्त्री शक्ति बस्नेत, रुकुमबाट प्रतिनिधित्व गर्ने माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता राजीवविक्रम शाह टोलीमा सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार