भूकम्प पीडितका लागि गृहमन्त्रालयले दुई जिल्लालाई तत्कालै १० करोड दिने
नेपालबहस संवाददाता
कात्तिक १८, २०८० शनिबार १२:४७:१७
१८ कात्तिक, काठमाडौं । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितका लागि संघीय सरकारले १० करोड दिने भएको छ । भुकम्पबाट मध्यराती ठूलो क्षति भएकोमा गृह मन्त्रालयले दुई जिल्लालाई तत्कालै १० करोड दिने भएको हो । जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षतिको छ ।
भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषण्मा ५÷५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयलका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । गृहमन्त्रालयमा आज बिहान बसेको आकस्मिक बैठकले रकम निकासा गर्ने लगायतका राहत र उद्धार तथा घाइतेको निःशुल्क उपचारसम्मको निर्णय गरेको हो ।
बिहान १० बजे गृह मन्त्रालयमा बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायको प्रतिनिधित्व रहेको थियो । शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र पश्चिम रुकुमका कतिपय ठाउँमा अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्धारमा जुटेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाइसकेको प्रवक्ता नारायण भट्टराईले बताए । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएका छन् । ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन् ।
सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काई ट्रकमार्फत घटनास्थलमा पुगिसकेको पनि भट्टराईले जानकारी दिए । उनका अनुसार सूर्खेत, नेपालगन्ज, काठमाडौ लगायतका स्थानमा घाइतेको उपचार गर्ने व्यवस्था समेत मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु
माघ १०, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार