भूकम्प प्रभावित तीन जिल्लामा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले खटायो पाँच नेता
नेपालबहस संवाददाता
कात्तिक १८, २०८० शनिबार १४:९:४९
१८ कात्तिक, काठमाडौं । नेकपा 'एकीकृत समाजवादी'उपमहासचिव एवं नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्प प्रभावित क्षेत्रमा खट्न पार्टी पंक्ति, आम नागरिक, र जनप्रतिनिधिहरूलाई सामूहिक आग्रह गरेका छन् ।
शुक्रबार राति ११ः४७ बजे गएको विनाशकारी भुकम्पबाट कर्णाली प्रदेशका तीन जिल्लामा ठूलो धनजनको क्षति भएको छ । जाजरकोट र पश्चिम रुकुममा १३२ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । हजारौं घरहरू भत्किएका छन् भने सडक र पुलहरूमा पनि क्षति भएको छ ।
कर्णाली प्रदेश कमिटीका इन्चार्ज समेत रहेका ज्वालाले उद्धार र राहत कार्यमा जुट्न सिंगो कर्णाली प्रदेश कमिटी र जनवर्गिय संगठनहरुलाई निर्देशन दिए। शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्री ज्वालाले पार्टी इन्चार्जको हैसियतमा पार्टी पंक्तिलाई राहत र उद्धार कार्यमा जुट्न निर्देशन दिए ।
भूकम्प प्रभावित क्षेत्रमा सहजिकरण गर्न पार्टीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाको नेतृत्वमा टोली नै खटाउने निर्णय भएको ज्वालाले बताए । ‘विनासकारी भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा ठुलो क्षति भएको छ भने सल्यानका सयौं घरहरू भत्किएका छन्, ति ठाउँमा उद्धार र राहतका लागि प्रदेश कमिटीबाट टोली खटाएका छौ’ मन्त्री ज्वालाले भने ।
भूकम्प प्रभावित क्षेत्रमा सहजिकरण गर्न प्रदेश अध्यक्ष थापाको नेतृत्वमा ठगेन्द्रप्रकश पुरी, कृष्ण विसी, देवि ओली र कमानबहादुर खड्कालाई खटाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार