सशस्त्रले टेन्ट र पालसहित तीन वटा कन्टेनर भुकम्प प्रभाबित क्षेत्रमा पठायो
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार ११:३०:१३
१९ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको लागि सशस्त्र प्रहरी बलले तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट र पाल लिएर त्यसतर्फ टोली पठाएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आइतबार बिहान करीव पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार पाल र ७ सय थान डोम टेन्ट लिएर पश्चिम रुकुमको लागि हिडेको छ ।
उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान टेन्ट र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार पाल लिएर ३ वटा कन्टेनर गएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।
यसअघि भुकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाई सकिएको वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए । आज पनि भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले उद्धार कार्य जारी राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार