जुद्ध माध्यमिक विद्यालयको छात्रावास निर्माण १८ वर्षदेखि अलपत्र
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १३:४९:५७
१९ कात्तिक, रौतहट । जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन निर्माणको काम १८ वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको जिम्मेवारी पाएको गोरखा–स्काई–क्यानिओन जेभीले काम छाडेपछि अलपत्र भएको हो ।
तीन तले छात्रावास भवन, क्यान्टिन र कम्पाउन्ड पर्खाल निर्माण गर्न एक करोड ९८ लाख ८० हजारमा ठेक्का सम्झौता गरेर कम्पनीले निर्माण सुरु गरेको थियो ।
दुई वर्षभित्र निर्माण सक्ने सम्झौता गरेको भए पनि १८ वर्ष बितिसक्दा काम अघि नढेकामा गौरका स्थानियले चिन्ता व्यक्त गरेका छन् । निर्माण कार्य अघि बढाउनका लागि तत्कालीन जिल्ला विकास समितिबाट पटक पटक पत्राचार गरिएको भएपनि अधुरो भवन बनाउन निर्माण कम्पनीले चासो नदिएको प्रधानाध्यापक कामोद तिवारीले बताए ।
एक तले भवन निर्माण गरेपछि निर्माण कम्पनीले २०६४ सालमा मधेस आन्दोलनको कारण देखाउँदै काम रोकेको थियो । त्यसपछि निर्माणको कार्य अघि नबढेको प्रधानाध्यापक तिवारीले बताए ।
पटकपटक सरोकारवाला निकायहरूमा छात्रावास भवन बनाउन पहल गरिएको भए पनि सुनुवाइ नभएको उनको गुनासो छ । भारतीय सरकारको आर्थिक सहयोगमा छात्रावास भवन निर्माण कार्य अघि बढाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार