खाद्यले समयमै धान खरिद गरेपछि किसान उत्साहित
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १३:५१:२३
१९ कात्तिक, कञ्चनपुर । खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् ।
विगतमा वर्षभन्दा यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेको किसान बताउँछन् । जिल्लास्थित लिमिटेडका शाखा प्रमुख राजु मोक्तानले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद थालिएको बताए । कम्पनीले यस वर्ष जिल्लामा १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उनले बताए ।
“हामीले गत वर्ष १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि तीन हजार क्विन्टल मात्रै खरिद गरेका थियौँ । यस वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएका छौँ”, मोक्तानले भने, “अहिलेसम्म तीन सय १६ क्विन्टल खरिद गरिसकेका छौँ । किसानको आउने क्रम जारी छ ।” उनले यसपटक सरकारले धानको मूल्य समयमै तोकेको र किसानले पनि राम्रो धान ल्याइराखेकाले लक्ष्यअनुसार खरिद हुने बताए ।
“गत वर्ष लक्ष्यअनुसार धान खरिद गर्न सकिएन यो वर्ष राम्रो धान आएको छ”, मोक्तानले भने, “यस वर्ष धान भित्र्याउने बेलामै खरिद गर्न सुरु भएकाले गत वर्षभन्दा बढी आउँछ ।” कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँबाट धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यस वर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै खरिद गर्ने जनाएको छ ।
सरकारले विगतमा ढिलो गरी धान खरिद गर्दा आफूहरु विचौलियाको मारमा पर्ने गरेको भन्दै यस वर्ष समयमै खरिद गर्दा खुसी भएको किसान विष्णुदत्त पन्तले बताए । “अघिल्ला वर्षमा सरकारले ढिलो गरी खरिद गर्दा सस्तोमै बिक्री गर्न बाध्य हुन्थ्यौँ”, उनले भने, “हामीलाई भण्डारणको समस्या भएकाले यसपटक सहज भएको छ ।”
सरकारले यस वर्ष तिहारअघि नै धान खरिद गर्दा धेरै सजिलो भएको खुसी रानाले बताए । “चाडपर्व मनाउन र हिउँदे बाली लगाउन यसपटक राम्रो भयो”, उनले भने । मोटा धानको न्यूनतम् समर्थन मूल्य प्रितिक्विन्टल रू तीन हजार एक सय ९८ र मध्यम धानको प्रतिक्विन्टल रू तीन हजार तीन सय ६२ तोकिएको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
स्थानीय जातको कालो सुँगुर जोगाउनै मुश्किल
बैशाख २७, २०८१ बिहिबार
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार