विपद्को सूचनामा संवेदनशील बन्न प्रेस काउन्सिलको आग्रह
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १७:२१:२८
१९ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले प्राकृतिक विपतका समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
युट्युबलगायत सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमबाट जाजरकोट भूकम्पका वीभत्स दृश्य तथा तस्विरसहितका सन्देश पुष्टि नगरिकन प्रवाह भएको पाइएकाले काउन्सिलले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
काउन्सिलका सह प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ भन्ने होडबाजीमा आधिकारिक तथ्य पुष्टि नगरिकन मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति र आफन्तजनमा थप पीडा पुग्ने गरी मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ ।
‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भई गोपनीयताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायत सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार म्यागनिच्युडको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक चिसोसँगै काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार