हालसम्म भूकम्पमा परी एक सय ५७ जनाको मृत्यु, धेरै घाइते उपचारपश्चात् घर फर्के
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार २०:५२:५३
१९ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भुकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ ।
मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको हो ।
“धेरै घाइते उपचारपश्चात् घर फर्केका छन् । उपचारका लागि अन्यत्र सिफारिस गरिएकाहरुको प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचारको व्यवस्था गरिएको छ,” विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य सेवा विभागद्वारा औषधी तथा औषधीजन्य सामग्री प्रभावित जिल्लामा पठाइएको छ ।
विज्ञप्ति अनुसार भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम रुकुम पूर्व, सल्ल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्यूठानका गरी एक सय ५७ जनाको मृत्यु भएको छभने अन्य दुई सय ५६ जना घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार