मालपोत कार्यालय पर्साका तत्कालिन प्रमुख सहित ५ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर
आबिद हुसेन
कात्तिक २०, २०८० सोमबार १९:५३:४०
२० कार्तिक, वीरगञ्ज । वीरगन्जस्थित मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा दुई करोड नौ लाख ३१ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय पर्साको फाँट ‘ग’ को एउटा जग्गामा एकै रजिस्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र बढी राजस्व रकम उठेको लिखतको विवरण दर्ता किताबमा प्रमाणित नगरेको पाइएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।
यही सम्बन्धमा आयोगले मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको रकम भ्रष्टाचार भएको आरोपमा उनीविरुद्ध दुई करोड नौ लाख ३१ हजार रुपैयाँको दोब्बर रकम जरिबाना गर्न माग गरेर विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेको हो ।
यसैगरी मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत भूपबहादुर बोगटीविरुद्ध पनि यही विषयमा एक करोड ४९ लाख ६९ हजार रुपैयाँभन्दा दोब्बर जरिबाना मागदाबीसहित भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
यही आरोपमा तत्कालीन मालपोत अधिकृत गोपाल ढुङ्गानाविरुद्ध ३५ लाख ४५ हजार रुपैयाँभन्दा दोब्बर जरिबाना मागदाबीसहित भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएको छ । आयोगका अनुसार मालपोतका तत्कालीन अधिकृतहरू र एक जना नायब सुब्बाविरुद्ध पनि भष्टाचारको मुद्दा दर्ता भएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार