इटालीको समुन्द्र मुनी भेटियो २ हजार बर्ष पुराना ३० हजार बढी सिक्का
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार ९:३:४१
२१ कार्तिक, रोम । इटालीमा हालै ३० हजार भन्दा बढी पुरातात्विक महत्वका सिक्काहरु भेटिएका छन् । ईस्वी चौथो शताब्दीका ३० हजार बढी ठूला तामाका सिक्काहरू इटालीको सार्डिनियाको तटमा फेला परेका हुन ।
एउटा डुबेको जहाजको अध्ययन गर्ने क्रममा हजारौंको संख्यामा सिक्काहरु फेला परेका हुन, जो इटालियन संस्कृतिलाई देखाउन र अझै बढी बुझन सजिलो हुने भएको छ ।
‘गोताखोरले अर्जाचेना सहर नजिकै उथले पानीमा केही धातुका अवशेषहरू देखे,’ इटालीको संस्कृति मन्त्रालयले भनेको छ, ‘यी रोमन काँसा अर्थात तामाका सिक्का पनि पछि बाइजान्टिन मुद्राको रूपमा प्रयोग गरिएको थियो ।'
यसरी फेला परेका सिक्काको कुल संख्या ३० हजारदेखि ५० हजारसम्म रहेको मन्त्रालयले जनाएको छ । यो सन् २०१३ मा युनाइटेड किंगडमको सिटनमा फेला परेको २२,८८८ फोलिस होर्डभन्दा बढी रहेको जनाईएको छ ।
प्राप्त गरिएका सबै सिक्काहरू संरक्षण गरिएको छ र यी तामा सिक्काहरुलाई दुर्लभको सुचीमा राखिएको छ । केवल केही अक्षर मात्रै क्षतिग्रस्त तर धेरैजसो अझै पनि पढ्न योग्य छन्। समाचार अनुसार यसरी फेला परेका सिक्काहरू ३२४ देखि ३४० ईस्वी सम्मको हो र रोमन साम्राज्यमा टकसालहरूले यसलाई उत्पादन गरेका थिए।
‘अर्जाचेनाको पानीमा भेटिएको खजानाले हालैका वर्षहरूमा न्यूमिमेटिक खोजहरूको सबैभन्दा महत्त्वपूर्ण आविष्कारहरूको प्रतिनिधित्व गर्दछ,ु ला रोकाले भने, ‘यस क्षेत्रमा असाधारण सम्पदा छ तर यो क्रमशः धेरै कमजोर अवस्थामा रहेको छ, निरन्तरको प्राकृतिक घटना र मानव कार्यद्वारा यी स्थलहरुलाई क्रमशः कमजोर बनाउँदै लगेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
ऊर्जा मन्त्रालयले सोध्यो कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण
पुष २२, २०८१ सोमबार
प्रहरी 'इन्स्पेक्टर' बनेर उच्चपदस्थ व्यक्तिसँग चिनजान गरी ठगी
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार