विश्वकप छनोटको दोस्रो खेल काठमाडौंमा हुने, मंसिर पाँचमा नेपालले यमनसँग खेल्ने
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १३:४२:५३
२१ कात्तिक, काठमाडौं । विश्वकप फुटबल छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले, आज पत्रकार सम्मेलन गरी नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
घरेलु मैदानमा यमनसँगको खेलअघि नेपालले यूएईसँग उसकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ । यो खेल कात्तिक ३० गते हुने एन्फाले जनाएको छ। यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने तय छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा नेपालाई फाइदा हुने गरी ओमानसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले बताएका छन् । विश्वकप छनोटका लागि एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइरहेका छन् ।
जसबाट २३ सदस्य खेलका लागि छानिने छ । यस्तै यमनी राष्ट्रिय टोलीका लागि भने च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाएको शाहले बताए । नेपाल र यमनबीचको खेलका लागि टिकटको मुल्य साधारण प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको शाहले बताए ।
यस्तै उक्त खेलको प्रत्यक्ष प्रशारणको तयारी अन्तिम चरणमा पुगेको र मिडिया पार्टनर केही दिनमै टुङ्गो लगाउने एन्फाले जनाएको छ । दोस्रो चरणको सबै खेलको कमर्सियल एन्ड मिडिया राइट सिगापुरस्थित स्पोर्टफाइभलाई दिइएको छ । एन्फाले खेलको अनुमानित लागत ७३ लाख ६८ हजार ४०० लाग्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार