अहिले निर्वाचनको समय होइन : जेलेन्स्की
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १५:१३:१
२१ कात्तिक, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताउनुभएको छ । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध होमिएको युक्रेनमा निर्वाचन गर्ने सही समय नभएको उनको भनाइ थियो ।
गत वर्ष द्वन्द्व सुरु भएदेखि मार्सल लअन्तर्गत आगामी वसन्तमा हुने राष्ट्रपति निर्वाचनसहित सबै निर्वाचन प्राविधिकरूपमा रद्द गरिएको छ । “अहिले रक्षा र युद्धको समय हो भन्ने हामीले निर्धारण गर्नुपर्छ । यसमा राज्य र जनताको भाग्य निर्भर छ”, आफ्नो दैनिक सम्बोधनमा उनले भने ।
उनले देशलाई विभाजित गर्ने नभएर एकताबद्ध हुने समय भएको बताउँदै भने, “अहिले निर्वाचनका लागि सही समय होइन भन्ने मेरो विश्वास छ ।” युक्रेनमा रुसी सेना पसेसँगै युक्रेनी सेनाले जवाफी हमला गरे पनि युद्धरत दुवै पक्षबीच सीमा रेखा करिब एक वर्षदेखि स्थिर रहेको छ । युक्रेनका प्रमुख सहयोगी अमेरिका र युरोपका अधिकारीहरूले २० महिनादेखि जारी सङ्घर्ष अन्त्यका लागि कुराकानी गर्न सुझाव दिएको बताइएको छ ।
तर युक्रेनको जवाफी हमलामा गतिरोध उत्पन्न भएको वा पश्चिमी मुलुक वार्तामा प्रवेश गर्न किएभतिर फर्केको भन्ने कुरालाई राष्ट्रपति जेलेन्स्कीले ठाडै अस्वीकार गर्नुभएको छ । अमेरिका र अन्य सहयोगीहरूले आवश्यकता भएसम्म रुसलाई पराजित गर्न किएभलाई सैन्य र वित्तीय सहयोग जारी रहने सार्वजनिकरूपमा भन्दै आएका छन् । अक्टोबर ७ मा इजराइलमाथि हमासले आक्रमण गरेपछि विश्वको ध्यान मध्यपूर्वतर्फ मोडिएसँगै जेलेन्स्की तीव्र दबाबमा परेका छन् ।
सन् २०१९ को निर्वाचनबाट निर्वाचित राष्ट्रपति जेलेन्स्कीले आवश्यक परेको अवस्थामा आगामी वर्ष राष्ट्रिय निर्वाचन गराउन आफू तयार रहेको सेप्टेम्बरमा बताएका थिए । उनले निर्वाचनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई अनुमति दिने पक्षमा आफू रहेको समेत उल्लेख गरेका थिए ।
विदेशमा ठूलो सङ्ख्यामा युक्रेनी र युद्ध मोर्चामा लडिरहेका सैनिकका कारण निर्वाचन गराउन तार्किकरूपमा कठिन हुनसक्छ । युद्ध सुरु भएपछि जेलेन्स्कीको अनुमोदन मूल्याङ्कन उच्च थियो तर युद्धमा एकताबद्ध शक्ति भए पनि मुलुकको राजनीतिक परिदृश्य अस्थिर भएको छ ।
रुसविरुद्ध जवाफी हमला सुस्त गतिमा भएकामा जेलेन्स्कीको आलोचना गरेपछि राष्ट्रपतिका पूर्वसहयोगी ओलेक्सी एरोस्टोभिचले आफ्ना पूर्वप्रमुखसँग निर्वाचनमा लड्ने घोषणा गर।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा
असोज ४, २०८१ शुक्रबार
म्यान्मामा बाढीका कारण करीब तीन सय जनाको मृत्यु, ८९ बेपत्ता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार