तेस्रो पटक सरेर पुस १६ मा पुग्यो कांग्रेसको महासमिति बैठक
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १६:१३:२५
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक पुनः सरेको छ । मंसिर १३ देखी गर्ने भनिएको महासमिति बैठक सारेर मंसिर २९ देखि पुस २ सम्म गर्ने भनिएको थियो । तर, फृरी विविध कारण देखाउँदै उक्त बैठक आगामी पुस १६ देखि १८ सम्ममा सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए । यो बीचमा भूकम्प, चाडपर्व लगायतले डिस्टर्व हुने भयो, त्यही भएर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने निर्णय गरेको हो’, विश्वकर्माले भने ।
जाजरकोट लगायतका जिल्लामा गएको भुकम्पका कारण देखाउँदै कांग्रेसले महासमिति बैठक पुस १६ गतेका लागि सारेको हो । महासमिति बैठकका लागि हालसम्म ५३ जिल्लाको अधिवेशन सकिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पत्रकार सम्मेलनमा जानकार दिएका छन् ।
महासमिति सदस्यहरुको चयन प्रक्रिया कात्तिक २४ गतेसम्म सम्पन्न गर्न भनिए पनि यसलाई बढाएर मंसिर १० गतेसम्म पुर्याउने तयार भएको छ । अहिले भूकम्पका कारण एउटा जिल्लाको नेता अर्को जिल्लामा पुगेकाले मंसिर १० सम्मको समय दिएर महाधिवेशन प्रतिनिधि चयन गरिसक्ने कांग्रेसले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको जसपामा तोकियो जिम्मेवारी
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार