राहतको स्थलगत अनुगमन गर्न कांग्रेसले खटायो टोली
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार ११:१६:२३
२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले जाजरको भूकम्पबाट प्रभावित जिल्लाका पीडितहरुले सरकारले वितरण गरेको राहत पाए नपाएको अनुगमन गर्न पार्टीका नेताहरुलाई स्थलगत रिपोर्टिङ पठाएको छ । बुधबार महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको नेतृत्व कांग्रेसले टोली खटाएको हो ।
महामन्त्रीद्वयको नेतृत्वमा कांग्रेसका सांसद, केन्द्रीय सदस्यहरु सहभागि हुनेछन् । टोलीमा प्रभावित जिल्ला र क्षेत्रका नेता तथा सांसदहरुलाई सहभागि गराइएको छ । भूकम्पले प्रभावित क्षेत्रका पार्टीका भातृ संगठनमा आवद्ध नेता तथा कार्यकर्ताहरुलाई राहतमा खटिन कांग्रेसले निर्देशन दिइसकेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जाजरकोट भूकम्पबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली मर्माहत र स्तब्ध भएको स्थितिमा यो विपत्तिको सामना सबै राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर एकताबद्ध भएर गर्नुपर्ने भएकलो कांग्रेसले उद्धार, राहत र पुनस्र्थापनाको वास्तविक अवस्था बुझ्न केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति गठन गरेको र त्यही मातहतको टोली अनुगकनमा गएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माको नेतृत्वमा गठन भएको समितिले उद्धार कार्यमा स्थानीय पार्टीपंक्ति परिचालन गर्नेछ भने सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग घोषणा र हस्तान्तरण गरिसकेको छ । सो स्थानमा चिकित्सक र औषधीसहित पुगेर आवश्यक प्रबन्ध गर्ने पनि जनाइएको छ । महामन्त्रीद्वयको नेतृत्वमा रहेको समितिले जाजरकोट र पश्चिम रुकुम पुगेर सात बुँदे कार्यमा ध्यान केन्द्रित गर्ने कांग्रेसले जनाएको छ ।
यस्तै नेपाली कांग्रेसका सांसदहरुको छुट्टै एक टोली पनि जाजरकोट भूकम्पले पुर्याएको क्षतिको स्थलगत अनुगमन गर्न त्यसतर्फ जाने भएको छ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा रहेका कांग्रेसका सांसदहरु अनुगमनमा जान लागेका हुन् । उनीहरु सरकारी खर्चमा नभइ व्यक्तिगत खर्चमा जान लागेको नेपाली कांग्रेसका नेता तथा राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार