दिल्लीमा गुडिरहेको बसमा आगलागी, दुईको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार ८:१६:२
२३ कार्तिक, नयाँदिल्ली । दिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा चलिरहेको भोल्भो बसमा आगलागी भएको छ । सो घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा घाइते भएकाहरूलाई सरकारी अस्पताल लगिएको छ ।
यो बस गुरुग्रामबाट महोबा जाँदै थियो। सुरुमा १०–१२ जनाले बसको झ्यालबाट हाम फालेर ज्यान बचाएको जानकारी आएको थियो भने अर्कोतर्फ जानकारी पाए लगत्तै स्थानीय प्रशासनले उद्धार कार्य सुरु गरेको थियो । बसमा फसेका यात्रुको उद्धार गरिएको छ भने बस पूर्णरुपमा जलेर खरानी भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार जब यात्रुहरु दिल्ली– जयपुर एक्सप्रेस वेमा बस नम्बर ए आर ०१ के ७७०७ मा चढेका थिए, केही समय पछि नै सो बसमा अचानक आगलागी भएको सुुरु भएको थियो ।
यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । आगलागीबाट बस कसरी जलेको प्रष्ट देख्न सकिन्छ । तर, आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो दुर्घटना ३२ माइलस्टोन भवन अगाडि गए राति ९ बजे भएको हो । गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ, ‘अहिले आगो नियन्त्रणमा ल्याएको छ। यस दुर्घटनामा घाइते भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ। अवस्था पूर्ण रूपमा नियन्त्रणमा छ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
ऊर्जा मन्त्रालयले सोध्यो कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण
पुष २२, २०८१ सोमबार
प्रहरी 'इन्स्पेक्टर' बनेर उच्चपदस्थ व्यक्तिसँग चिनजान गरी ठगी
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार