महसुल नतिर्ने एक हजार ७९ सेवाग्राहीकाे विद्युत लाइन काटियो
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार ८:३६:४
२३ कात्तिक, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ । कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो ।
लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरूबाट रु एक करोड ३७ लाख बक्यौता रकम असुली गरिएको छ । उनले भने, “प्राधिकरणले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियान अन्तर्गत बक्यौता रकम असुली गरिएको हो ।”
तीन हजार चार सय बढी सेवाग्राहीको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ । अभियान सुरु भएसँगै एक हजार पाँच सय सेवाग्राहीले लाइन काट्नुभन्दा अघि नै बक्यौता तिरेको श्रेष्ठले जानकारी दिए । अभियान अन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या नौ सय ८१ मा झरेको प्रमुख श्रेष्ठले बताए ।
मिटर रिडिङ्को समयले ४० दिनसम्म पनि विद्युत महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उनले जानकारी दिए । प्रमुख श्रेष्ठले भने, “मिटर रिडिङ गरेको एक साताभित्र विद्युत महसुल बुझाएमा दुई प्रतिशत छुट पाइन्छ ।” सुरुआती दिनमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिएको भए पनि विस्तारै बक्यौता नतिर्ने सबैको लाइन काटिने कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताए । उनले भने, “लाइन काट्ने अभिायनलाई तीव्र बनाइँदै लगिने छ ।”
लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने उनले बताए । तिहारपछि लाइन काट्ने प्रक्रियालाई अझै तीव्ररुपमा अघि बढाउने प्रमुख श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार