एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १५:३८:७
२३ कात्तिक, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । मकवानपुरको हेटौंडामा आयोजित विशेष साधारणसभामा बिहीबार नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो । मतदानमा ५२ जनाले अविश्वासको प्रस्तावको विपक्षमा भोट दिँदै अध्यक्षबाट नेम्वाङलाई हटाउन नहुने मत व्यक्त गरेका छन् ।
अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्षमा रहेका भनिएका ३४ मतदाताले भने मतदान प्रक्रिया नै बहिष्कार गरेका छन् । एन्फाका कूल ८७ मतदातामध्ये ५३ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसमध्ये ५२ जनाले अध्यक्षबाट नेम्वाङलाई हटाउन नहुनेमा भोट हाले भने १ भोट बदर भएको थियो । अध्यक्ष हटाउने पक्षमा भने एक भोट पनि परेन ।
हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्र नै नराखी विशेष साधारणसभा अगाडि बढेको थियो । साधारण सभामा विवाद हुने आशंकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । एन्फाको असोज १७ गते बसेको बैठकले अविश्वासको प्रस्ताव सामना गर्न मकवानपुरमा विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार