सम्भवत सर्वोच्चले शुक्रबार न्यायाधीश पाउँदै, नियुक्ति हुन दौडधुप
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार २०:२६:५२
२३ कात्तिक, काठमाडौं । लामो समयदेखि न्यायाधीशको अभाव झेल्दै आएको सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश पाउने संभावना देखिएको छ । बिहीबार न्यायपरिषदमा उठेको विवाद मिलाउन सके शुक्रबार सर्वोच्चमा न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिस हुनेछन् ।
बिहीबार न्यायपरिषदले न्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गरेसँगै नियुक्ति खानेको दौडधूप बाक्लिएको छ र आकांक्षी संख्या न्यूनीकरणका निम्ति न्यायपरिषदले केही मापदण्डहरु बनाएको छ । यसअघि सर्वोच्चको न्यायाधीशका लागि लिष्टमा परेका केही कानुनव्यावसायी र उच्च अदालतका न्यायाधीशहरू रिङबाट आउट भएका छन् ।
हाल सर्वोच्चमा सात र उच्च अदालतमा एक मात्र मुख्य न्यायाधीश छन् । करिब एक वर्षदेखि रोकिएको नियुक्ति गर्ने तयारी भएसँगै आकांक्षीहरुको दौडधुप र भनसुन बाक्लिएको छ । उच्च अदालतबाट पाँच जना सर्वोच्चमा तान्ने तयारीमा प्रधानन्यायाधीश छन् । कानुन व्यवसायीबाट दुई जनामात्र ल्याउनुपर्ने अडान प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको छ ।
यता, कानुन मन्त्री धनराज गुरुङले भने उच्चबाट चार र कानुन व्यवसायीबाट तीन जना ल्याउनुपर्ने अडान राखेका छन् । बाहिरबाट तीन जना ल्याउन सके एक महिलासहित कांग्रेसबाट दुई जनालाई न्यायाधीश बनाउन सकिने उनको मनसाय छ । यही विषयमा प्रधानन्यायाधीश श्रेष्ठ र गुरुङबीच सहमति हुन सकेका छैन । यसको छिनोफानो भने शुक्रबारको न्यायपरिषदमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
खेतबारीमा लैजान व्यवस्थापन गरिएको मल
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार