हाम्रो अर्थतन्त्र सकारात्मक दिशामा छ, आर्थिक गोलमेचपछि एउटा निचोडमा पुगिन्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
कात्तिक २५, २०८० शनिबार १२:२१:२०
२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन् । उनले नेपाल श्रीलंका बन्छ भन्नेहरू पनि अर्थतन्त्रमा आएको सुधार देखेर दंग परेको बताएका छन् । सुधार उन्मुख रहेको अर्थतन्त्रलाई थप मजबुत बनाउन तिहारपछि हुने आर्थिक गोलमेचबाट एउटा निचोड आउने बताए ।
शनिबार कीर्तिपुरमा गरिएको पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले आर्थिक समृद्धिका लागि सरकारले लगातार प्रयत्न गरेको बताए । मौद्रिक नीति र वित्तीय नीति सुधार गर्नका लागि, बैंकको ब्याजदर घटाउनका निम्ति, जग्गाको कारोबार बढाउन कित्ताकाट खुलाउनका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति धेरै मिहिनेत गरिएको उनको भनाइ छ ।
अझै भनेजस्तो परिणाम आएको छैन तर केही सुधार भएको छ । पहिले भनेजस्तो नेपाल अब श्रीलंका नै हुन्छ भन्ने अब त्यस्तो आतंक छैन । श्रीलंका हुन्छ भनेर सधैं विरोधमा लागिरहेकाहरु पनि सुधार देखेर दंग परेका छन् । अहिले राजश्व पनि बृद्धि हुन थालेको छ, इतिहासमै बढी पर्यटक एकै महिनामा भित्रिएका छन् । रेकर्ड बढेको छ, रेमिट्यान्स बढेको छ । अहिले विदेशी मुद्राको सञ्चित अत्यन्त उत्साहप्रद छ, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले अहिले आर्थिक संकट समाधानका लागि आफूले तिहार लगतै वृहत् भेलाको आयोजना गर्न लागेको र त्यसबाट अर्थतन्त्रमा गुणात्मक पहल गर्न आउने नीति तथा कार्यक्रममा समावेश गरेर जाने बताए । उनले सरकारले गरेका राम काम जनतामा पुर्याउन आग्रह गर्दै २०८४ मा २०६४ कै जस्तो माओवादी बनाउने गरी अगाडि बढ्न आग्रह गरे ।
प्रधानमन्त्रीले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरे । २०६४ कै स्थितिमा फर्किन नसकेपनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए ।
सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेको र अझै नयाँ आन्दोलनको सुरुवात गर्ने उनको भनाइ थियो । प्रधानमन्त्री कहिलेसम्म रहने भन्ने कुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।
‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ६४ होइन, २०८४ हो । २०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा, जनताको विश्वास लिन सक्छौँ कि सक्दैनौँ । हामीले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेका छौँ । अझै गर्छौँ । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्य कुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो,’ उनले भने ।
पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको समेत उनको भनाइ छ । राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताए । उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको उनले बताए ।
’अर्थतन्त्रमा केही सुधार भएको छ । राजश्व पनि वृद्धि हुन थालेको छ । पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन् । रेमिट्यान्स धेरै नै बढेको छ । विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ । अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दैछु,’ उनले भने । प्रधानमन्त्री दाहालले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको समेत बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अधिवेशनसम्म नपुग्दै फेल खायो संसदीय क्यालेण्डर
बैशाख १९, २०८१ बुधबार
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादकत्व बढाउनुपर्छ : राष्ट्रपति पौडेल
बैशाख १९, २०८१ बुधबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
आजको मौसम : तराईमा हावाहुरी, पहाडमा हल्का वर्षा
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज 'ए' विरुद्ध आज सिरिजको चौथो खेल खेल्दै नेपाल
बैशाख २०, २०८१ बिहिबार
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बैशाख २०, २०८१ बिहिबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार