तिहारको कोसेली पाल्पाली ढाका [ फोटोफिचर ]
नेपालबहस संवाददाता
कात्तिक २६, २०८० आइतबार १२:३७:३८
♦ मनिष अर्याल
२६ कार्तिक, काठमाडौं । नेपालीको महान चाड दशैँ सकिए लगत्तै अर्को महान चाड तिहार नजिकिएको छ । तिहार अर्थात् भाइटिका, दशैपछिको दोस्रो महान चाड मानिन्छ । यस चाडले चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ । चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टिका लगाइदिन्छन् । दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई स्वीकार्छन् ।
भाइटिका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि हो । इतिहास पल्ट्याउँदा यमुनाले आफ्ना दाजु यमराजलाइ कसैले मार्न नसकोस भन्ने कामना गर्दै भाइटिका लगाइदिएकी थिइन । उनले यमराजलाइ आफ्नै घरमा आउन निम्तो दिइन । अनि तेल, दुबो, मखमली र सयपत्रीको माला लगाइदिएर भाइटिका लगाइदिइन ।
यसरी भाइटिका लगाउने प्रचलन सुरु भएको भन्नेछ । समयसँगै भाइटिकालाइ सप्तरङ्गी टिका सङ्गै बिभिन्न मिठामिठा परिकार सङ्गै कोसेली दिने प्रचलनमा आएको हो । चेलिबेटिले ढाकाको टोपी र दाजुभाइले दिदि बहिनिलाइ ढाकाको चोलो, सल दिने चलन चलिआएको छ । ढाका र तिहारको सम्बन्ध पनि पुरानै रहेको पाल्पाली ढाका कपडा उद्दोग स्वदेशी बस्त्रकला भण्डारका सागरमान महर्जन बताउँछन् ।
“दिदिबहिनिले टिका दिइसकेपछि शिर खाली नराख्नको र शिर छोप्नको लागी ढाकाको टोपी लगाइदिने प्रचलन आएको हो “ उनी भन्छन्,“ दाजुभाइले पनि दक्षिणासँगै चोखो ढाकाको कपडा, सल, चोलो आदि दिने चलन चल्दै आएको छ “ । ढाकाको टोपी दिने चलन उहिल्लै देखि रहेको इतिहासविद हरुको दाबी छ । “कुनै पनि राम्रो शुभ कार्यमा सल ओडाउने प्रचलन छ त्यसैलाई जोडेर पनि तिहारमा दाजुभाइले दिदि बहिनिलाइ सल ओडाउने चलन रहेको छ “महर्जन थप्छन “धार्मिक सङ्गसङ्गै स्वास्थ्य पनि जोडेर जाडो सुरु हुनअघि तिहारमा दिदिबहिनीलाइ सल, चोलो दिने गरिदै आएको छ “ ।
पाल्पाली ढाकालाइ प्राथमिकतामा राख्दै बजारमा मेशिनले बुनेको ढाकाको सामग्रीहरु बढिरहेको देख्दा पाल्पाका ढाका व्यवसायीहरु चिन्तित छन । हाते तानले बुनेको ढाकालाइ सरक्षण गर्न पाल्पाका ढाका उद्दोगहरु मिलेर पाल्पाली ढाका सघं स्थापना गरेका छ्न । पाल्पाली ढाकालाइ बजारिकरण र व्यवस्थापन गर्नको लागी पाल्पाली ढाका सघं स्थापना भएको अध्यक्ष तथा पाल्पाली ढाकाकी सँस्थापक पूर्णमाया महर्जनले बताइन ।
पाल्पाली ढाका सघंमा हाल ९ वटा उद्दोगहरु आवद्द छन । इतिहास हेर्दा ,पाल्पामा ढाका टोपी र चोलो उत्पादन हुँदा काठमाडौमा बंगलादेशको राजधानी ढाकाबाट ढाका बुट्टेदार कपडा आउँथ्यो। वि स २०१५ साल तिर स्व गणेशमान महर्जनले बङ्लादेशबाट तान ल्याएर पाल्पामा ढाका बुन्न सुरु भएको हो । ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पामा पनि उत्पादन हुने थालेपछि पाल्पाको कपडालाई आम रूपमा पाल्पाली ढाका भन्न थालिएको हो।
दसै तिहार भनेको ढाकाको व्यापार उच्च हुने समय रहेको पौडेल पाल्पाली ढाका उद्दोगका मनोज राज शर्मा पौडेल बताउँछन् । “ दशैं र तिहार लक्षित ढाकाको टोपि, सल, चोलो को व्यापार बढि हुने गर्दछ “ उनि भन्छन,“ छुट्टिको समयमा भ्रमण हरु पनि बढि आउने भएकाले पनि दसै तिहारमा व्यापार राम्रै छ “ । कोभिड पछि बिस्तारै भ्रमण हरुपनि बढे सङ्गै पाल्पाका ढाका पसलहरुमा भिडभाड बढेको छ । नयाँ पुस्तालाइ मध्य नजर गर्दै पाल्पाका उद्दोगीहरुले ढाकाबाट उत्पादित कुर्ता, सर्ट, ल्यापटप ब्यागहरु पनि उत्पादनमा जोड दिएका छन ।
काठमाडौंबाट रानिमहल घुम्न आएका तिलक न्यौपाने पनि ढाकाको नयाँ स्वरुपका रुपमा उत्पादन भएका सर्टहरु ल्यापटप ब्यागहरु पाएकोमा निकै खुसी भए । “ तिहारको लगि ढाकाको टोपी मात्र नभइ आस्कोट, टाइ, ब्याग दिदीबहिनीका लागि पछ्यौरा, सारी, कुर्ता सुरुवाल, झोलालगायतका सामानहरु पनि पाउँदा निकै खुसी लागेको उनले बताए । उनी भन्छन्, “ नेपालमै पनि आफ्नै सामग्री बाट बनाउन सकिदो रहेछ भन्ने पनि देखियो “ । यही सिजनमा पाल्पाली ढाकाको ५ करोड बढीको व्यापार हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपथ मूल्य पसलमा सामाग्री किन्ने उपभोक्ताको भिड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
वसन्तपुरमा ‘हाथु हायेकेगु' प्रसाद खान महिलाहरूको तँछाडमछाड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले गरे बिदाइ
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वेस्ट ह्याममाथि चेल्सीको शानदार जित
असोज ५, २०८१ शनिबार
साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित
असोज ५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता
असोज ५, २०८१ शनिबार
दिल्लीका मुख्यमन्त्री अतिशीले लिइन् शपथ
असोज ५, २०८१ शनिबार
कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो : प्रचण्ड
असोज ५, २०८१ शनिबार