२४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला छ, तोकेर पैसा माग्ने काम नगर्नू: काठमाडौं प्रहरी
नेपालबहस संवाददाता
कात्तिक २६, २०८० आइतबार १४:२६:३१
२६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले तिहारमा उचित सुरक्षा प्रबन्ध गरेको जनाएको छ । तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम, चोरी तथा लुटपाटजस्ता घटनाको सम्भावना बढी हुन्छ त्यस्ता ठाउँलाई मध्यनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।
काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले देउसी भैलो खेली तिहार मनाउन पनि आग्रह गरेका छन् । जथाभावी पटाका पड्काउँदा आगलागी जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पनि उनले आग्रह गरेका छन् ।
’दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम हुन्छ वा जहाँ चोरी, लुटपाट जस्ता घटना हुन्छन् त्यस्ता ठाउँलाई मध्यनजर गरेर दशैंको जस्तै विभिन्न सुरक्षा प्रबन्ध मिलाएका छौं । सुरक्षा प्रबन्ध गर्नु नागरिक दायित्व पनि हुन्छ, उनले भने, प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयले सार्वजनिक रुपमा तिहार जस्ता पर्वमा सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले मनाउन आग्रह गरेको छ ।
प्रहरीले काठमाडौं उपत्यकाको सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको खत्रीले जानकारी दिए । काठमाडौंमा आफ्नो संस्कृतिअनुसार खेल्ने देउसी भैलो खेल्नको लागि कुनै सीमित समय नतोकिएको पनि उनले जानकारी दिए ।
प्रहरी र सुरक्षा समितिले काठमाडौंमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसी भैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकी अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । ’काठमाडौंमा आफ्नो संस्कृतिअनुसार खेल्ने देउसी भैलो खेल्नको लागि कुनै समय तोकेका छैनौँ । प्रहरी र सुरक्षा समितिले काठमाडौंमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसी भैलो खेल्न खुला राखेको छ । प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको छ,’ उनले भने ।
महानगरका प्रमुख बालेन्द्र शाहले राति १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा व्यवस्था गरिएको भन्ने भनाईप्रति लक्षित गर्दै काटमाडौं प्रहरी प्रमुख खत्रीले कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताए । ’राति १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी हो ।
चाडपर्व तथा अन्य विषयमा सुरक्षा प्रबन्ध गर्ने जिम्मा नेपाल प्रहरीले पाएको हुन्छ । सुरक्षाको लागि प्रहरीले के गर्दा नागरिक सुरक्षा प्रदान गर्न सकिन्छ भनेर प्रयास गर्छौं,’ उनले भने, ’नेपाल प्रहरी यसको लागि सक्षम छ । कसैले कुनै समय तोकेर अवरोध गर्न खोज्नुभयो भने नेपाल प्रहरीको १०० र काठमाडौं प्रहरी प्रमुखलाई नै फोन गरेर जानकारी दिन सक्नुहुनेछ ।’
खत्रीले विशेष सुरक्षा योजना बनाएर देउसी भैलो खेल्नका लागि भीडभाड हुने क्षेत्रमा सामान्य अवस्थाभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने योजना रहेको पनि जानकारी दिए । भीडभाड र आर्थिक गतिविधि बढी हुने क्षेत्रमा ड्रोनको माध्यमबाट सुरक्षा निगरानीको व्यवस्था पनि गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार