रामनगर प्रहरी चौकी तस्करी नियन्त्रणमा सक्रिय, तीन सय केजी अवैध माछा बरामद
नेपालबहस संवाददाता
कात्तिक २६, २०८० आइतबार १७:१८:६
२६ कात्तिक, पश्चिम नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी मातहतको रामनगर प्रहरी चौकीको सक्रियतामा तस्करी नियन्त्रण हुन थालेको छ । सो प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) पुरन केवटको सक्रियतामा तस्कर माथि निगरानी बढाइएको छ र तस्करीका सामानहरू धमाधम पक्राउ पर्न थालेका छन् ।
यही मेसोमा गत कात्तिक २४ गते राती १० बजेको समयमा सुस्ता गाउँपालिका वडा नं. ५ वनकटिया गाउँ हुँदै आएको अवैध माछा प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा सो चौकीबाट खटिएको प्रहरी टोलीले बिना क्वारेन्टाइन जाँचपास अवैध रुपमा भित्र्याएको करिब ३०० किलो माछा पक्राउ गरी भोलिपल्ट नष्ट गरेको छ ।
भारतमा उत्पादित तर नेपालमा प्रतिबन्धित उक्त परिणामको माछा प्रहरीले बरामद गरी नष्ट गरेको हो । तस्करहरूले सीमावर्ती विभिन्न नाकाहरू प्रयोग गरी पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट माछा लगायतका अन्य सामानहरू ल्याउने प्रयत्न गर्दा प्रहरीको सक्रियताले धमाधम पक्राउ पर्न थालेका छन् ।
खास गरी रामनगर प्रहरी चौकीका इन्चार्ज असई केवटको तस्करी नियन्त्रण गर्ने अठोटले केही तस्करहरू भने तिल्मिलाउन थालेका छन् । ती तस्कर र तिनका मतियार केही भ्रष्ट प्रहरीहरु भने उनै असई केवट विरुद्ध अन्टसन्ट लेखाएर बदनाम गराउने षडयन्त्रमा लागेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एक अधिकृतले बताए ।
तर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य तथा इलाका प्रहरी कार्यालय बेलाटारीको दह्रो साथ र सहयोग पाएपछि असई केवट थप सक्रियताका साथ तस्करी नियन्त्रण गर्न प्रतिबद्ध भई लागिपरेका छन् । प्रहरी भित्र इमानदार प्रहरीको छवि बनाएका असई केवट अपराध अनुसन्धानमा पनि पोख्त मानिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार