प्रचण्डले सोधेः दुर्गा प्रसाईको सहयोगी को हो ?
गृहले सोध्योः आतंकवाद प्रतिरोध बारे के गर्न सकिन्छ ?

नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १७:०:२
१ मंसिर, काठमाडौं । इजरायल र प्यालेष्टाइनबीच युद्ध चलिरहेको बेला गृह मन्त्रालयले चार वटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर आतंकवाद प्रतिरोधबारे छलफल गरेको छ । हमासले विना कारण इजरायलमाथि आक्रमण गरेपछि विश्वभर यसको तरंग फैलिएका बेला नेपालले पनि यो विषयमा छलफल गरेको हो ।
खासगरी मंसिर ७ गते राजतन्त्रको नाममा दुर्गा प्रसाईले आन्दोलनको घोषणा गरेको र त्यही दिन युवा संघ नेपालले पनि कार्यक्रम राखेपछि प्रधानमन्त्रीदेखि गृह मन्त्रालयसम्मले चासो राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायसँग मुलुकको सुरक्षा अवस्था बुझ्नुअघि गृहमन्त्रालयले आतंकवाद प्रतिरोधबारे छलफल गरेको थियो । खास गरी गाँजा क्षेत्रमा देखिएको समस्या र त्यसको विश्वव्यापी प्रभावबारे नेपाल सरकारलाई सुरक्षा निकायले जानकारी गराएका थिए ।
गाँजा स्ट्रिप ४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइ भएको इजरायल, इजिप्ट र भूमध्य सागर बीचको भूभाग हो । त्यहाँ २३ लाख व्यक्तिको बसोबास रहि आएको छ । विश्वका धेरै जनघनत्व भएका ठाउँमध्ये गाँजा स्ट्रिप पनि एक भएकाले त्यहाँको असर विश्वव्यापी नै पर्ने सुरक्षा अधिकारीहरूले सरकारलाई विफ्रिङ गरेका छन् । शुक्रबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा औपचारिक बैठक बोलाएर मन्त्रालयले आतंकवाद प्रतिरोधका लागि आवश्यक तयारीलगायतका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग रणनीतिक छलफल गरेको थियो । गृहसचिव दिनेश भट्टराईको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई, नेपाली सेनाका वरिष्ठ अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए।
बैठकमा नेपाली सेनाका रथी सीताराम खड्का, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआईबी'की महानिर्देशक 'प्रहरी अतिरिक्त महानिरीक्षक' किरण बज्राचार्य लगायतको सहभागिता रहेको थियो । छलफलका क्रममा मुलुकको शान्ति सुरक्षालाई चुुस्तदुरुस्त राख्न निर्देशन दिइएको छ । खास गरी दक्षिण पूर्वी एसियाका मुलुकमा इजरायल र हमास युद्धको प्रभाव तथा भारत र चीनले नेपाललाई हेर्ने दृष्टिकोणको बारेमा पनि छलफल भएको स्रोतको दावी छ ।
तर प्रधानमन्त्रीको चासो भने मंसिर ७ गते राजाको नाममा हुने कार्यक्रम र त्यसलाई सहयोग पुर्याउने समूहबारे थियो । ‘प्रधानमन्त्रीले विस्तृत शान्ति सम्झौता भएकै दिन राजावादीहरु सल्बलाउनुको कारण के रहेछ र त्यसलाई कसले सहयोग गरिरहेका रहेछन् भन्नेमा थियो’, छलफलमा सहभागी एक सुरक्षा अधिकारीले भने । ती अधिकारीका अनुसार दुर्गा प्रसाई आफू एक्लै यस कार्यमा लागेको नभई उनलाई कोही कसैको सहयोग रहेको निष्कर्ष निकालिएको थियो ।
मंसिर ५ मा माओवादी र तत्कालीन सात दलबीच विस्तृत शान्ति सम्झौता भएको थियो । राज्य विरुद्ध सशस्त्र युद्ध गरिरहेको तत्कालीन नेकपा 'माओवादी' र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको थियो । ०५२ फागुनदेखि ‘जनयुद्ध’ गरिरहेको माओवादीले ०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशमा जारी दशक लामो युद्ध अन्त्य भएको थियो । ‘सरकार र माओवादीबीच चालू युद्ध विरामलाई स्थायी रुप दिँदै २०५२ सालदेखि चलिआएको सशस्त्र युद्ध समाप्त भएको घोषणा गर्दछौं’, सम्झौतामा भनिएको छ । १० वटा विविध भागमा समेटिएको सो सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए ।
‘देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरूलाई समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने संकल्प गर्दै ’शान्ति सम्झौता गरिएको सो सम्झौताको प्रस्तावनामा उल्लेख गरिएको छ । सम्झौतामा ०६४ जेठभित्र संविधानसभाको निर्वाचन गर्ने, माओवादी लडाकुहरु देशका विभिन्न सातवटा शिविर र त्यस वरपरका तीन-तीन वटा शिविरमा रहने, हतियारहरु भण्डारण गरिने, दुवै पक्षले थप सैन्य भर्ती नगर्ने, आफ्नो कब्जामा रहेका मानिसहरूको बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र मुक्त गर्ने, बेपत्ता पारिएका वा मारिएका मानिसहरूको बारेमा ६० दिनभित्र सूचना सार्वजनिक गर्ने लगायतका विषयहरू उल्लिखित थिए । यही समयमा राजतन्त्र बोकेको पार्टीलाई छाडेर दुर्गा प्रसाईले राजतन्त्रको नामा आन्दोलन गर्ने घोषणा गर्दैछन् । साथै मंसिर ५ गते पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापा लगेर राजाकै शालिक अनावरण गर्ने कार्यक्रम राखिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
नेपाल एयरलाइन्सबाट विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो, अध्यक्ष अधिकारीको जागिर पनि धरापमा
मंसिर १५, २०८० शुक्रबार
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा १० अर्बको भ्रष्टाचार, क-कसले लिए पैसा ?
मंसिर १५, २०८० शुक्रबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार