तिहारको विवादलाई लिएर कालीकोटमा दुई समूह बीच झडप, प्रहरीसहित १२ घाइते
नेपालबहस संवाददाता
मंसिर २, २०८० शनिबार ११:३५:२
२ मंसिर, कालीकोट । कालीकोटको महावै गाउँपालिकामा दुई समूह बीच झडप हुँदा १२ जना घाइते भएका छन् । वडा नं ७ को राम्नी गाउँमा भाइटीकाकाे दिनमा नाचगान गरिरहेको अवस्थामा गीत बजाउने डिजे (बुफर) का विषयमा विवाद भएको थियो । त्यही विवादलाई लिएर झडप भएको हो ।
घटना भएको जानकारी पछि त्यहाँ पुगेको प्रहरी टोली माथि पनि युवाहरूले आक्रमण गर्दा तीन जना प्रहरी समेत घाइते भएका थिए । सुरुमा राम्नीका धनजय चौलागाईंको घरमा विवाद भएको र त्यहाँ उनीसहित वर्ष ३३ कि रमिता चौलागाईं, वडा नं २ बस्ने वर्ष १६ का सोबिन सुनार, वर्ष २९ का मोहन बिक र राम्नी ७ का राजु सुनार बीच झडप भएको थियो । उक्त झडपलाई नियन्त्रण गर्न त्यहाँ पुगेको प्रहरी टोली माथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ । स्थानीयको आक्रमणबाट प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार महेन्द्र शाही, प्रहरी सहायक हवल्दार किशोर रजवार र प्रहरी जवान वीरेन्द्र शाही घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीका अनुसार विवाद भएको सूचना पछि पाद्माघाटबाट हवल्दारको नेतृत्वमा प्रहरी त्यहाँ पुगेर घटनाका बारेमा जानकारी लिइरहेका बेला मदिराले मात्तिएका युवाले प्रहरी माथि नै आक्रमण गरेको देखियो । आक्रमणमा परेका प्रहरीको प्राय खुट्टामा चोट रहेको उनले बताए । प्रहरीमाथि आक्रमण भएपछि पाद्माघाट प्रहरी चौकीबाट हतियार र गोली, प्रहरी चौकी गेला र चिल्खायाबाट थप प्रहरी टोली गएर घाइते प्रहरीको उद्धार गरेको जनाइएको छ ।
दुई समूह बीचको झडपमा परेर घाइते भएका सबैको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा महाबै गा.पा.७ बस्ने वर्ष ४५ का धनजय चौलागाईं, वर्ष ३३ की रमिता चौलागाईँ, वर्ष २२ का कमल चौलागाईं, रहेका छन् । यस्तै कालीकोट जिल महाबै गा.पा.२ बस्ने वर्ष १९ का दीप बि.क.वर्ष २४ का सर्जन बि.क. वर्ष २५ का घमन बि.क, वर्ष २७ का करण शाहीको पनि जिल्ला अस्पताल उपचार भइरहेको छ । उनीहरूको पनि ठाउँको हातखुट्टामा चोट रहेको बताइएको छ ।
गाउँमा प्रवेश गरेर आंतक मच्चाउने ११ जनालाई प्रहरीमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा महावै ७ का वर्ष २२ का प्रकाश सुनार, वर्ष १८ का राकेश सुनार, वडा नं २ का वर्ष २४ का हरि कामी, वर्ष २० का लोकेश बिक, वर्ष २१ का प्रकाश काफ्ले, वर्ष २८ का मोहन बिक, वर्ष २४ का वीरेन्द्र बिक, वर्ष २४ का अग्नि प्रसाद काफ्ले, वर्ष २१ का भरत सुनार, वर्ष १८ का नवीन सुनार, वर्ष १९ का जनक बिक रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार