त्रिपालमा आश्रित भूकम्पपीडित बिरामीको न उपचार छ, न शौचालय
नेपालबहस संवाददाता
मंसिर २, २०८० शनिबार १४:९:४३
२ मंसिर, जाजरकोट । जाजरकोटका ९५ प्रतिशत मानिस घर बाहिर छन् । शौचालय भत्किएका छन् । पोषणको अभाव छ । सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन नसकेको छैन । शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ । धेरै मानिस मानसिक रूपमा डराइरहेको अवस्था छ ।
भेरी नगरपालिका–१ घुयल नेटाकी देउमा रानाको घर भुकम्पले तहसनहस भयो । उनकी छोरी घाइते भइन् । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किएकी छिन् । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो । भुकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन् । घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैँ हुने गरेको छ ।
घरभित्र भएका कुनै पनि सामान देउमाले सग्लो पाइनन् । अहिले उनको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ । संयोगले भूकम्प गएको समयमा देउमाका छोरा नवीनसहित अन्य घरका आफन्त छिमेकी गाउँ मैदेमा तिहारको लागि रोटी तयार गर्नका लागि गएका गएको थिए ।
घरमा आमा, छोरीमात्र भएको समयमा आएको भुकम्पले छोरीलाई घाइते बनायो भने आमाले छोरीलाई उद्धार गर्न सफल भए । त्यस्तै छिमेकी कर्णबहादुर रानाले दाइ नै गुमाउनुपर्यो । माटाले निर्माण गरेका कच्ची घरमा सुतेको कर्णका दाइ रवीन्द्र (गाउँमा बोलाउने नाम) बोल्न नपाइ भुकम्पको झड्का मै ज्यान गएको थियो ।
अहिले घुयल नेटाको पूरै गाउँ शोकमा रहेको छ । घाइते भएका र मृतकका आफन्त अहिले पनि सामूहिकरुपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ । यो सदरमुकामभित्रको पालिका भए पनि अति दुर्गम बस्तीभित्र पर्दछ । जनयुद्धकालमा समेत यहाँको बस्तीमा धेरै पटक बमबाढी गरिएको थियो ।
पटक पटक पीडा खप्दै आएको यो गाउँ फेरि पनि भुकम्पको मारमा परेको छ । डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोगसमेत देखा पर्न थालेको छ । भेरी नगरपालिका–४ खलङ्गास्थित कस्तुरी बोर्डिङ स्कुलको प्राङ्गणमा त्रिपालमा एक सातादेखि बसिरहेकी १८ दिनकी सुत्केरी विमला तिरुवा त्रिपालमा दैनिकी चलिरहेको छ । चिसो र आवश्यक स्याहारसुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी रहेका छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हात खुट्टा सुनिएको छ ।
कुशे गाउँपालिका–९ निवासी १८ वर्षीय उनी सदरमुकामस्थित गोरख तिरुवा सदरमुकाममा भाडामा बस्दै आएको समयमा भूकम्पले घर भत्किएपछि अहिले त्रिपालमै सहारामा खुला चौरमा रहेका छन् । भूकम्प जानुभन्दा तीन अघि सुत्केरी भएकी उनी दैवले हात थाम्दा बाँचेको बताउँछिन् । श्रीमान् वीरेन्द्र ज्याला मजदूरी गरेर परिवारको समस्य समाधान गर्दै आएको उनको भनाइ छ ।
भूकम्प गएदेखि त्रिपालको सहारामा रहेको यो परिवारले नयाँ भाडामा बस्नका लागि घर पाएको छैन । पाँच जनाको परिवारलाई कामै गरेर जीवन धानिरहेको यो परिवार अहिले कामविहीन मात्र होइन, घरमा खाने कुरा नभएर हैरानमा रहेको छ । त्रिपालकै सहारामा बसिरहेको अर्को हेमन्त जंग सिंहको परिवारलाई त्यस्तै खालको समस्य रहेको छ । एउटा त्रिपालभित्र सबै परिवारका सदस्य बस्दा दैनिक समस्य हुँदै आएको छ । साना नानी, बाबु त्रिपालभित्र बिरामी भएका छन् भने ठूलालाई समेत बस्न मुस्किल परिरहेको छ ।
भेरी नगरपालिका–१ डिँगा कि २१ वर्षीया पुष्पा सिंहको दुई महिना अगाडि मात्र निर्माण गरेको घर भूकम्पले भत्किएपछि त्रिपालमा बस्दै आएकी छन् । दुई महिनाको छोरासहित बस्दै आएकी उनको दैनिकी पनि समस्याले गाजेको छ । छोरीलाई आँखा पाक्ने रोगले हैरान बनाएको छ ।
त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन् । उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको कमी भएको बताइन् ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन् । पालिकाका स्वास्थ्य संस्थासमेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकैपटक उपचार गर्न सम्भव नहुने देखिएको छ ।
नलगाडको नगर अस्पताल त्रिपालमा चलिरहेको छ । बिरामीलाई भर्नादेखि सबै काम त्रिपालबाट भइरहेको छ । त्यस्तै बारेकोटको लिम्सास्थित १० श्ययाको अस्पतालसमेत त्रिपालमा चलिरहेको छ । जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षीत पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
पर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
पक्की पुल नहुँदा फेरीबाट सवारीसाधन तारिँदै
बैशाख २४, २०८१ सोमबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’
बैशाख २४, २०८१ सोमबार
कतार एयरवेजको विमान उड्ने क्रममा धुवाँ देखियो, प्राविधिक परीक्षण हुँदै
बैशाख २४, २०८१ सोमबार